सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कञ्चनपुरको बैजनाथ मावि सङ्कटमा


  •    न्युजभित्तो/१६ चैत्र २०८२, सोमबार १३:५२ 
  • कञ्चनपुर, १६ चैत । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ कसरौलस्थित बैजनाथ माध्यमिक विद्यालयमा जीर्ण भवन, कक्षाकोठा अभाव र शैक्षिक स्रोतसाधनको कमिका बीच सञ्चालन हुँदै आएको छ ।

    विद्यालयका अधिकांश भवन जस्तापाताले बनेका र जीर्ण अवस्थामा रहेकाले वर्षायाममा पानी चुहिने समस्या हुँदा कक्षा सञ्चालनमा कठिनाइको सामाना गर्दै आएको छ । तीन दशक अघि स्थापना भएको यस विद्यालयले हालसम्म १२ वटा ब्याच कक्षा १२ उत्तीर्ण गराई निजामती सेवा, शिक्षण र सुरक्षा निकायजस्ता महत्त्वपूर्ण क्षेत्रमा पठाइसकेको छ । इतिहास बोकेको यो विद्यालय आज आफ्नै भवन र शिक्षक दरबन्दीका लागि सङ्घर्ष गरिरहेको छ ।

    विद्यालयको सबैभन्दा ठूलो चुनौती नै यसको भौतिक संरचना बनेको छ । विद्यालयमा रहेका १० वटा भवनका २६ कोठामध्ये हाल १८ वटा मात्रै कक्षा सञ्चालनका लागि प्रयोगमा छन् । “अधिकांश भवनका छाना जस्तापाताका छन्, वर्षातको समयमा पानी चुहिएर कक्षाकोठा भित्रै बस्न र पढाउन निकै अप्ठ्यारो हुन्छ,” विद्यालयका प्रधानाध्यापक खेमराज अवस्थीले भन्नुभयो । उहाँका अनुसार टीनको छानोमुक्त पक्की भवन दुई वटा मात्रै रहेका छन् । त्यसमा विद्यालयका पूरै विद्यार्थीलाई उचित रूपमा बसाल्नसमेत समस्या छ । पुराना भवन जीर्ण हुँदै जाँदा विद्यार्थीको सुरक्षामा जोखिम बढेको छ ।

    भौतिक पूर्वाधार मात्र नभइ विद्यालयमा माध्यमिक तहमा विद्यार्थीको अनुपातअनुसार ऐच्छिक विषयका शिक्षक दरबन्दी नहुनु अर्को ठूलो चुनौतीका रूपमा रहेको छ । विज्ञान र कम्प्युटर प्रयोगशाला व्यवस्थित नहुँदा र आवश्यक सामग्रीको अभावले गर्दा विद्यार्थीको प्रयोगात्मक सिकाइ प्रभावकारी हुनसकेको छैन । “हामीले आधुनिक प्रविधिको प्रयोग गर्न सकेका छैनौँ, जसले गर्दा विद्यार्थीको सिकाइ उपलब्धि अपेक्षाकृत हुनसकेको छैन,” प्रधानाध्यापक अवस्थीले थप्नुभयो ।

    विद्यालयको स्वामित्वमा सात बिघाभन्दा बढी जग्गा रहे पनि यसको सुरक्षा पक्ष निकै कमजोर देखिएको छ । विद्यालय परिसर पूर्ण रूपमा घेराबार नहुँदा अवाञ्छित गतिविधि हुने गरेको र विद्यालयका सामग्री सुरक्षित राख्न कठिन भएको विद्यालयले जनाएको छ ।

    अझ दुःखद कुरा त, विद्यालयको दक्षिण र पश्चिम पट्टिको फिल्डबुक कायम जग्गा अतिक्रमणको चपेटामा परेको छ । यस अतिक्रमणलाई रोक्न सरोकारवालाको पटक–पटक ध्यानाकर्षण गराउँदा पनि हालसम्म कुनै ठोस समाधान हुन नसकेको प्रधानाअध्यापक अवस्थी बताउनुहुन्छ ।

    विद्यालयले समयको मागअनुसार अङ्ग्रेजी माध्यमबाट अध्यापन गराउन र प्राविधिक विषयका लागि निजी स्रोतबाट शिक्षकहरू नियुक्त गरेको छ । केजी कक्षादेखि अंग्रेजी माध्यमका लागि र माध्यमिक तहमा अर्थशास्त्र तथा कम्प्युटर विषयका लागि शिक्षक राखिए पनि उहाँहरूलाई समयमा तलब खुवाउन विद्यालयलाई आर्थिक अभाव रहेको छ । तीन बिघा जग्गा भाडामा दिएर आउने वार्षिक रु ६५ हजारले यति धेरै खर्च धान्न असम्भव रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामशाह रानाले बताउनुभयो ।

    उहाँका अनुसार विद्यालयमा हुने अन्य विभिन्न शैक्षिक कार्यक्रमको लागि समेत आर्थिक अभाव हुने भएकाले नियमित स्रोत व्यवस्थापनका लागि अभिभावकहरूसँग सहयोगको अपेक्षा राखेको छ । हाल यस विद्यालयमा ३४२ विद्यार्थी अध्ययनरत छन् । जसमा छात्रा १९५ र छात्र १४७ रहेका छन् । चुनौतीका बाबजुद विद्यालयले शैक्षिक गुणस्तर कायम राख्न प्रयास गरिरहेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष रानाले बताउनुभयो ।

    गत वर्षको कक्षा ८ को परीक्षामा सहभागी ६४ मध्ये ५६ जना उत्तीर्ण भएका थिए भने एसइईमा ५४ मध्ये २६ र कक्षा १२ मा ४४ मध्ये ३४ जना सफल भएका थिए । यो विद्यालय यस क्षेत्रको पुरानो र प्रतिष्ठित शैक्षिक संस्थाका रूपमा रहेको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कालिका नगरपालिकामा भूमि प्रशासन सेवा थालनी
    पशु चौपायमा कृत्रिम गर्भाधान
    हिंसात्मक र गैरकानुनी गतिविधिमा संलग्न नहुन सशस्त्र प्रहरीको अनुरोध
    • अव्यवस्थित तार व्यवस्थापन पूरा गर्न आइस्पानलाई अन्तिमपटक १५ दिन थप, अब म्याद नथपिने
    • आलेखः ‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’
    • बागमती प्रदेश सडक दुर्घटना: चितवनमा सबैभन्दा धेरै, रामेछापमा कम
    • माइतीघर डुबानप्रति कार्यवाहक प्रमुख डङ्गोलको चासो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.