सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मुस्ताङको (लेते–धम्पु) पुल निर्माणमा ढिलासुस्ती


  •    न्युजभित्तो/१६ चैत्र २०८२, सोमबार १३:४९ 
  • मुस्ताङ, १६ चैत । यहाँस्थित थासाङ गाउँपालिकामा निर्माणाधीन (लेते–धम्पु) प्रिस्टेज पुल निर्माण चरण ढिलासुस्ती देखिएको छ । 

    थासाङ गाउँपालिका–३ लेतेस्थित कालीगण्डकी नदी पारी ओझेलमा परेका दुर्गम गाउँहरु जोड्ने (लेते–धम्पु) मोटरेबल पुल निर्माण कम्पनीको चरम ढिलासुस्ती र बेवास्ताका कारण पटकरपटक अलपत्र परेको हो ।

    गण्डकी प्रदेश भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत पूर्वाधार विकास कार्यालयको अख्तियारीमा परेको कालीगण्डकी नदीमा निर्माणाधीन प्रिस्टेज मोटरेबल पुल निर्माणमा चरम ढिलासुस्ती देखिएको हो । यहाँ निर्माणाधीन पुलको विसं २०७६ फागुन २९ गते निर्माण कम्पनी देव एण्ड सायर कन्ट्रक्सनसँग रु पाँच करोड पाँच लाख लागतमा ठेक्का सम्झौता गरिएको थियो । सम्झौता अवधि विसं २०७८ साल भदौ २८ गते अर्थात् डेढ वर्षमा सम्पन्न गर्नेगरी ठेक्का सम्झौता भएका थियो ।

    एक स्पानको ३५ मिटर लम्बाइ रहने गरी कालीगण्डकी नदीमा निर्माणाधीन (लेते–धम्पु) मोटरेबल पुल फुटपाथसहित ७ दशमलव ९ मिटर चौडा रहने गरी ठेक्का सम्झौता भएको थियो । सुरुआती ठेक्का सम्झौता सकिएर हालसम्म चार पटकसम्म म्याद थप भइसकेको उक्त पुलको पछिल्लो म्याद थप गरिएको सम्पन्न अवधि विसं २०८३ असार ३१ गतेसम्म कायम भएको पूर्वाधार विकास कार्यालयका प्रमुख जीता गिरीले जानकारी दिनुभयो । प्रमुख गिरीका अनुसाल (लेते–धम्पु) मोटरेबल पुलको पछिल्लो भौतिक प्रगति ३३ दशमलव १३ प्रतिशत र भौतिक प्रगति ५५ प्रतिशत पुगेको छ । 

    हालसम्म निर्माण कम्पनीले पुल निर्माणको काम गरेवापत रु एक करोड ६३ लाख ६२ हजार भुक्तानी लगेको कार्यालय प्रमुख गिरीले बताउनुभयो । कालीगण्डकी नदीमा निर्माणाधीन पुल निर्माणका लागि राष्ट्रिय गौरवको बेनी—जोमसोम सडकमार्ग र मुख्य राजमार्ग सडकदेखि कालीगण्डकी पारी दुईतर्फी आरसीसी फाउण्डेशन र एबुटमेन्टसहित क्याप ढलानको संरचना तयार भइसकेको पूर्वाधार विकास कार्यालय मुस्ताङले जनाएको छ । 

    पुल निर्माणका लागि स्ल्याप ढलान, एप्रोज रोड र पुल फिनिसिङलगायत काम बाँकी रहेको प्रमुख गिरीले उल्लेख गर्नुभयो । लामो समय अवधिदेखि पटक पटक अलपत्र पर्दै आइरहेको (लेते–धम्पु) पुल निर्माणको काम गत हप्तादेखि सुरु भएको पूर्वाधार विकास कार्यालयले बताएको छ । वर्खायाममा कालीगण्डकी नदीको सतह उच्च हुने भएकाले जतिसक्दो चाँडो पुलको स्ल्याब ढलानका लागि निर्माण कम्पनीलाई सचेत गराइएको प्रमुख गिरीले बनाउनुभयो । पुल निर्माणका लागि सम्वन्धित कम्पनीले उपकरण र जनशक्ति कार्यस्थलमा परिचालित गरी अलपत्र पुलको काम सुरु गरिसकेको प्रमुख गिरीको भनाइ छ ।

    पुल निर्माणको अलपत्र काम पुनः सञ्चालन भएसँगै त्यस क्षेत्रका स्थानीय नागरिक उत्साहित भएका छन् । थासाङको दुर्गम कालीगण्डकी पारी रहेका गाउँहरू पुल नहुँदा निकै समस्यामा पर्दै आएका छन् । त्यस क्षेत्रका स्थानीय किसानले उत्पादन गरेको कृषि उपज पुल नहुँदा बजारीकरणमा निकै समस्या पर्ने गरेको छ ।

    लेते–धम्पु पुल निर्माण सम्पन्न भएमा कालीगण्डकी पारिका आधा दर्जन बस्तीका स्थानीय कृषकले उत्पादन गर्ने कृषि उपजको सहज बजारकरण गर्न सजिलो हुने स्थानीय नवीन शेरचनले जानकारी दिनुभयो । छ वर्ष बितिसक्दा पुल सम्पन्न हुन नसक्नु दुर्भाग्य भएको र अब विकास पूर्वाधारका काममा ढिलासुस्ती गर्न नहुने शेरचनको भनाइ छ ।

    थासाङस्थित कालिगण्डकी नदी पारीका दुर्गम गाउँहरुमा अहिले सङ्घीय एक निर्वाचन क्षेत्र एक रणनीतिक महत्त्वको कालोपत्र सडक निर्माण अन्तिम चरणमा रहेको र उक्त सडक जोड्ने (लेते–धम्पु) पुल सम्पन्न भएमा मुख्य राजमार्गदेखि कालिगण्डकी पारीका ग्रामीण वस्ती सडक कनेक्टिभिटीसँग जोडिने बताइएको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा खुल्यो अत्याधुनिक ‘मोबाइल चौतारी’, दसैँ अफरमा सुनको औँठीदेखि ३२ इन्चको टिभीसम्म उपहार!
    सनातन धर्म र मौलिक संस्कृतिको संरक्षणमा सबै जुट्नुपर्छः मन्त्री तामाङ
    ‘पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’
    • परम्परागत कृषिलाई व्यावसायिक बनाउन सके किसानको जीवनस्तर उकासिन्छ: मन्त्री तामाङ
    • भरतपुरको सिएमएस रोडमा आजदेखि खुल्यो अर्गानिक सप ‘आहार’
    • भरतपुरको सिएमएस रोडमा खुल्यो अर्गानिक सप ‘आहार’
    • सेल्सबेरी चितवनको दोस्रो शाखा भरतपुरको बुद्धचोकमा, दुवै शाखाबाट १५ प्रतिशतसम्म छुट

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.