सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

व्यासमा अपाङ्गता स्रोत कक्षा सञ्चालन


  •    न्युजभित्तो/१५ फाल्गुन २०८२, शुक्रबार १४:३१ 
  • दमौली (तनहुँ), १५ फागुन । तनहुँको व्यास नगरपालिकाभित्र अपाङ्गताको प्रकृतिअनुसार छ वटा स्रोत कक्षा सञ्चालित विद्यालय छन् । नगरभित्रका विभिन्न वडामा सञ्चालित विद्यालयमा अपाङ्गता स्रोत कक्षाहरु व्यवस्थापन तथा समायोजनमा चुनौती थपिएको छ । 

    व्यास नगरपालिका–६ सिसाघाटस्थित महेन्द्रज्योति माध्यमिक विद्यालयमा बौद्धिक प्रकृतिका अपाङ्गता भएका १२ जना विद्यार्थी आवासीय रुपमा अध्ययन गरिरहेका छन् । विद्यालयमा स्रोत शिक्षकको पदपूर्ति हुन सकेको छैन भने विद्यालयको छानो चुहिने समस्या रहेको विद्यालयका प्रधानाध्यापक हरिराज काफ्लेले बताउनुभयो । विद्यालयको कक्षाकोठा सुधार गरी स्थानान्तरण गर्ने योजना रहेको उहाँले बताउनुभयो । 

    व्यास नगरपालिका–५ स्थित साँगे शेराटारमा रहेको सिन्धु आधारभूत विद्यालय बौद्धिक अपाङ्गता स्रोत कक्षामा १८ जना बौद्धिक अपाङ्गता भएका विद्यार्थी आवासीय रुपमा अध्ययनरत छन् । विद्यालयमा पर्याप्तमात्रामा खेल मैदानको कमी हुँदा विद्यालय अगाडिको सडकमा विद्यार्थीलाई दुर्घटनाको जोखिम हुने गरेको छ ।

    व्यास नगरपालिका–१३ स्थित सिद्धबेनी माध्यमिक विद्यालयमा रहेको बौद्धिक अपाङ्गता स्रोत कक्षामा १६ जना विद्यार्थी आवासीय रुपमा अध्ययनरत छन् । स्रोत कक्षा हेरविचार गर्ने कर्मचारी नहुँदा स्रोत कक्षा व्यवस्थापनमा चुनौती रहेको विद्यालयका प्रधानाध्यापक रोदन थापाले बताउनुभयो ।

    व्यास नगरपालिका–१ स्थित बुद्ध दाहाल बहिरा विद्यालयको बहिरा स्रोत कक्षामा २० जना बहिरा विद्यार्थी अध्ययनरत छन् । सुनाइसम्बन्धी अपाङ्गता भएका बहिरा विद्यार्थीलाई साङ्केतिक भाषामार्फत निःशुल्क आवासीय शिक्षा प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक कमला पौडेलले बताउनुभयो । 

    व्यास नगरपालिका–१० बैरेनीस्थित चण्डिदेवी माध्यमिक विद्यालयमा दृष्टिसम्बन्धी अपाङ्गता भएका सात जना विद्यार्थी अध्ययनरत छन् । पाँच जना विद्यार्थी आवासीय रुपमा छन् भने दुई जना घरबाट आवतजावत गर्ने गर्छन् । स्रोत कक्षामा तनहुँ जिल्लाका विभिन्न वडाका दृष्टिसम्बन्धी अपाङ्गता बालबालिकालाई ब्रेललिपिमार्फत शिक्षण गरिएको विद्यालयका प्रधानाध्यापक रामचन्द्र पोख्रेलले जानकारी दिनुभयो । 

    व्यास नगरपालिका–२ अमरापुरी जनसेवा प्राथमिक विद्यालयमा ११ जना बौद्धिक अपाङ्गता भएका विद्यार्थी अध्ययनरत छन् । अपाङ्गता अधिकारकर्मी ईश्वर बास्तोलाले विभिन्न वडामा छरिएर रहेका बौद्धिक प्रकृतिका अपाङ्गता भएका स्रोत कक्षालाई समायोजन गरी सञ्चालन तथा व्यवस्थापन गर्ने सन्दर्भमा नगरप्रमुख वैकुण्ठ न्यौपानेसमक्ष प्रस्ताव राखिएको बताउनुभयो । उहाँले भन्नुभयो, “बौद्धिक अपाङ्गता भएका विद्यार्थी अध्ययन गर्ने विद्यालय समायोजन गरेर पढाउन सकिए प्रभावकारी हुने थियो ।”

    सो प्रस्तावबारे नगर प्रमुख न्यौपानेले बौद्धिक अपाङ्गता स्रोत कक्षाका विद्यालयको अनुकूल वातावरण मिलाइ आवासीय स्रोत कक्षाका पूर्वाधार निर्माण गर्ने सवालमा स्थलगत अध्ययन गरी एकीकृत स्रोत व्यवस्थापन गर्ने सवालमा आफू सकारात्मक रहेको बताउनुभयो ।रासस 

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनदेखि डडेलधुरासम्मका भूमिहीनलाई जग्गाधनी पुर्जा प्रदान
    विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह
    कोरियाली राजदूतद्वारा परराष्ट्र सचिवसँग बिदाइ भेट
    • सुनको मूल्य तोलामा चार हजार २०० ले बढ्यो
    • बागमती प्रदेशमा नयाँ सरकार गठन गर्न छलफल तीव्र पार्दै दलहरु
    • आकस्मिक बाढीको आज मध्यम जोखिम
    • बायोग्यास प्लान्ट पुनः सञ्चालनमा ल्याउन सम्झौता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.