सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कास्कीमा मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई प्रशिक्षण


  •    न्युजभित्तो/११ फाल्गुन २०८२, सोमबार १२:०८ 
  • कास्की, ११ फागुन । आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा कास्कीमा चुनावको तयारीका कामलाईसमेत प्राथमिकताका साथ अघि बढाइएको छ । प्रदेश निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला प्रशासन लगायतका निकायहरुले चुनावलाई प्राथमिकतामा राखेर तयारीका कामलाई तीव्रता दिएका हुन् ।

    प्रतिनिधिसभाका तीन निर्वाचन क्षेत्र रहेको जिल्लामा निर्वाचनका लागि दुई हजार १९० जना कर्मचारी खटाइने भएको छ । यसैगरी जिल्लामा मतपत्रसहित ५२ प्रकारका निर्वाचन सामग्री प्राप्त भएको र ती सामग्री छुट्टाएर राखिसकिएको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिनुभयो ।

    त्यसैगरी कर्मचारी खटनपटन अन्तिम चरणमा पुगेको र तीन वटै क्षेत्रमा खटिने कर्मचारीको नामावली सार्वजनिक गरिएको न्यौपानेले जानकारी दिनुभयो ।“हामीले निर्वाचनको तयारीका कामलाई अन्तिम रुप दिदैँछौँ । मतपत्र लगायतका सबै सामग्री प्राप्त भएका छन्, मतदानस्थलमा खटिने कर्मचारीको नामावली प्रकाशित गरिएको छ । सोमबारदेखि मतदान अधिकृत र सहायक मतदान अधिकृतको लागि तालिम सुरु हुन्छ ।”

    सूचना अधिकारी न्यौपानेले भन्नुभयो,“निर्वाचन कार्यालयले तीन समूहमा गरेर सो तालिम सञ्चालन हुने जनाएको छ ।”निर्वाचनका लागि कर्मचारी खटनपटन निर्देशिका अनुसार ५०० भन्दा कम मतदाता भएको मतदान केन्द्रमा पाँचजना कर्मचारी रहनेछन् । जसमा एक जना मतदान अधिकृत, एक जना सहायक मतदान अधिकृत, तीन जना सहायक कर्मचारी र एक जना सहयोगी कर्मचारी रहनेछन् ।

    कास्कीमा १५३ मतदानस्थल र ३६३ मतदान केन्द्र रहेका छन् । यसैगरी दुई वटा अस्थायी मतदान केन्द्र गरी कूल ३६५ मतदान केन्द्रमा दुई हजार १९० कर्मचारी खटिनेछन् । यसैगरी मतदान अधिकृतले मतदान केन्द्रमा चुनावका दिनका लागि तीन जना स्वयंसेवक नियुक्त गर्न सक्ने व्यवस्था छ । निर्वाचन कार्यालयका अनुसार कारागारका कैदीबन्दीका लागि कारागारमा मतदान केन्द्र तोकिएको छ ।

    यसैगरी मतदानमा नखटिने कर्मचारीका लागि जिल्ला समन्वय समितिमा रहने मतदान केन्द्रमा कर्मचारीले समानुपातिकतर्फ मत दिनेछन् । जिल्लाका ७२ वटै वडामा फागुन ३ गतेदेखि मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको सूचना अधिकारी न्यौपानेले बताउनुभयो ।

    “मत बदर हुन नदिनका लागि जिल्लामा प्रभावकारी रुपमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको छ । यो कार्य फागुन १७ गतेसम्म जारी रहन्छ । विगतका निर्वाचनलाई हेरेर यस पटक मत बदर हुन नदिनका लागि मतदाता शिक्षामा जोड दिएका छौँ ।” न्यौपानेले भन्नुभयो ।

    जिल्लामा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ४९ जना उम्मेदवार मैदानमा छन । यसैगरी मतदाता सङ्ख्या तीन लाख आठ हजार ५७२ जना रहेको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बागमती प्रदेशमा नयाँ सरकार गठन गर्न छलफल तीव्र पार्दै दलहरु
    आकस्मिक बाढीको आज मध्यम जोखिम
    बायोग्यास प्लान्ट पुनः सञ्चालनमा ल्याउन सम्झौता
    • शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता
    • चितवन प्रशासनको व्यवस्था : अशक्त र वृद्धको घरमै ग्यास
    • ‘पेपरलेस धनगढी’का लागि एकीकृत ‘डिजिटल’ प्रणाली
    • दाह्रा काटिएको ध्रुर्वे निकुञ्जभित्रैः १०/१० मिनेटमा अनुगमन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.