सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राजनीतिकदलद्वारा निर्वाचन अचारसंहिता पालना गर्ने प्रतिबद्ध


  •    न्युजभित्तो/११ फाल्गुन २०८२, सोमबार १२:०५ 
  • इनरुवा (सुनसरी), ११ फागुन । अगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचका लागि जारी भएको अचारसंहिता पूर्ण रुपमा कार्यान्वन गर्नेमा सुनसरीका राजनीतिकदलले प्रतिबद्धता व्यक्त गरेका छन् ।

    जिल्ला प्रशासन कार्यालय सुनसरीमा आइतबार सम्पन्न भएको सर्वदलीय बैठकमा प्रतिनिधिसभा निर्वाचनका लागि जारी भएको निर्वाचन अचारसिंहता पूर्ण रुपमापालना गर्ने विभिन्न राजनीतिकदलले सहमति जनाएका छन् ।

    निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि चुनावमा होमिएका राजनीतिकदलले आ–आफ्नो ठाउँबाट जिम्मेवारी निर्वाह गर्ने, फागुन १२ गतेभित्र निर्वाचन अचारसंहिता विपरीत प्रचार, ब्यानर हटाउने, नहटाएको कानुनबमोजिम कारबाही गर्ने, प्रचारप्रसारमा डिजे प्रयोग नगर्ने र सामाजिक सद्भाव कायम गर्नका लागि सबैले आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्ने सहमति भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिनुभयो ।

    निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउनका लागि सुरक्षाकर्मी तयार रहेको सुनसरीका प्रहरी उपरीक्षक केशव थेबेले जानकारी दिनुभयो । बैठकमा नेपाली कांग्रेसबाट जिल्ला सभापति केदार भण्डारी, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सचिव राम कोइराला, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट जिल्ला सभापति सागर दाहाल, जसपाबाट महेन्द्र यादव, जिल्लाका सम्पूण सुरक्षा अधिकारीको सहभागिता रहेको थियो । जिल्लामा निर्वाचनका लागि आवश्यकपर्ने सामग्री आइसकेको जानकारी दिइयो ।

    निर्वाचनका लागि चाहिने आवश्यक मतपत्रसहित विभिन्न प्रकारका निर्वाचन सामग्री सुनसरी आइपुगेको र सम्बन्धित निर्वाचन क्षेत्रमा पु¥याउने कार्यसमेत गरिरहेको प्रजिअ घिमिरेले जानकारी दिनुभयो । सुनसरीमा ४ निर्वाचन क्षेत्रमा १६७ मतदानस्थल रहेको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन
    भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    • लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    • वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित
    • दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी
    • दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.