सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बाँके १ का उम्मेदवार मतदाता रिझाउन गाउँगाउँमा


  •    न्युजभित्तो/८ फाल्गुन २०८२, शुक्रबार १७:२५ 
  • नेपालगन्ज, ८ फागुन । यहाँका तीन निर्वाचन क्षेत्रमध्ये सबैभन्दा ठूलो क्षेत्र हो—क्षेत्र नं १ । एक लाख २४ हजार ७२७ मतदाता रहेको छन् । यस क्षेत्रमा १४१ मतदान केन्द्र छन् । 

    यस क्षेत्रमा नेकपा (एमाले), नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी र स्वतन्त्रसहित १४ जना उम्मेदवार प्रतिस्प्रधामा छन् । हाल यहाँका उम्मेदवार तथा दलहरू मतदाता रिझाउन गाउँगाउँ पुगिरहेका छन् ।  पहिलो चरणको भेटघाट पूरा गरिसकेका राजनीतिक दलका उम्मेदवार औपचारिक रूपमा घरदैलो अभियानमा व्यस्त देखिन्छन् । 

    जिल्लाको कोहलपुर नगरपालिका, राप्ती सोनारी गाउँपालिका र नरैनापुर गाउँपालिका यस निर्वाचन क्षेत्रान पर्छन् । उम्मेदवारहरू यी क्षेत्रका घरघरमा पुगेर मतदातालाई रिझाउने कोसिसमा छन् । यसअघि यस क्षेत्रबाट  एमालेका सूर्य ढकाल निर्वाचित हुनुभएको थियो । यसपटक पनि उहाँ प्रतिस्पर्धामा हुनुहुन्छ । 

    विसं २०७९ को चुनावमा २५ हजार २६ मत ल्याएर विजयी हुनुभएका ढकालले तीन वर्षमै संसद् विघटन भएकाले आफ्नो पाँचवर्षे कार्ययोजना पूरा गर्न नपाएको भन्दै मत मागिरहनुभएको छ । “निर्वाचन क्षेत्रका धेरै योजना अलपत्र अवस्थामा छन्, तिनलाई पूरा गर्न पनि म चुनावी मैदानमा आएको छु”, उहाँले भन्नुभयो । 

    ढकालले राप्ती नदीका कतिपय क्षेत्रमा पुल नभएका कारण एम्बुलेन्स र दमकल पनि जान नसक्ने अवस्था रहेकाले बाटोघाटो निर्माण आफ्नो प्राथमिकतामा रहेको बताउनुभयो । 

    यहाँ कांग्रेसबाट जिल्ला सभापति नारायण गौडेल उम्मेदवार हुनुहुन्छ । विसं २०७४ मा यस क्षेत्रको प्रदेश ‘ख’ बाट प्रत्याशी बनेर पराजित हुनुभएका गौडेल यसपटक प्रतिनिधिसभा सदस्य जित्ने लक्ष्यसहित चुनावी मैदानमा आएको बताउनुहुन्छ । उहाँले बाँके राष्ट्रिय निकुञ्जका कारण भोग्नु परेका सास्तीबारे स्थानीयले ध्यानाकर्षण गराएको उल्लेख गर्दै मानव—वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि कानुनी संरचनागत सुधार तथा अन्य अत्यावश्यक पूर्वाधार निर्माणमा आफूले भूमिका खेल्ने बताउनुभयो । 

    नेकपाबाट नरेन्द्र पाण्डे उम्मेदवार हुनुहुन्छ भने प्रगतिशील लोकतान्त्रिक पार्टीबाट कृष्णा केसी ‘नमूना’ उम्मेदवार हुनुहुन्छ ।  नमूना यस क्षेत्रको प्रदेश ‘क’ बाट लगातार दुईपटक विजयी हुनुभएको थियो ।  प्रदेश सांसद पदबाट राजीनामा दिएर उहाँ प्रतिनिधिसभा सदस्यका लागि प्रत्याशी हुनुभएको थियो । 

    पाण्डेले स्वास्थ्य, शिक्षा, कृषि, उद्योग, पूर्वाधार, सामाजिक न्याय, युवा तथा खेलकुद र सुशासनलाई प्राथमिकतामा राखेको बताउनुभयो । प्रत्येक वडामा आधारभूत स्वास्थ्य सेवाको पहुँच सुनिश्चित, आवश्यक पूर्वाधार र जनशक्ति व्यवस्थापन तथा मातृशिशु स्वास्थ्य सेवालगायत मुद्दामा विशेष ध्यान दिने योजना रहेको उहाँले बताउनुभयो ।  

    राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उम्मेदवार सुरेश चौधरी यसअघि २०७९ सालको चुनावमा नागरिक उन्मुक्ति पार्टीबाट प्रतिस्पर्धा हुनुहुन्थयो । उहाँ ११ हजार ४६५ मतसहित तेस्रो हुनुभएको थियो ।  

    यस क्षेत्रको विगत हेर्दा २०६४ मा माओवादीका तिलक परियार, २०७० मा एमालेका देवराज भार र २०७४ मा माओवादीका महेश्वर गहतराज निर्वाचित हुनुभएको थियो ।

    यहाँका प्रमुख समस्याका रूपमा राप्ती नदीको कटान र बाँके राष्ट्रिय निकुञ्जका जनावरबाट हुने क्षति रहेका छन् । राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइ आयोजना पूर्ण नहुनु पनि यहाँको मुख्य मुद्दा मानिन्छ ।  यससँगै स्वास्थ्य, शिक्षा र भौतिक पूर्वाधार निर्माण पुराना ‘एजेन्डा’ छन् । 

    हालका प्रायः सबै उम्मेदवारले यी मुद्दा उठाएका छन् ।  जनसङ्ख्या र भूगोलका हिसाबले यस निर्वाचन क्षेत्रलाई ठूलो मानिएको छ । राप्तीसोनारी गाउँपालिका–४ की रामरजित थारूले कृषि क्षेत्रमा मलखाद र सिँचाइको अभाव झेल्दै आएको उल्लेख गर्दै खेतमा काम गरिरहेको अवस्थामा खेतमा नै पुगेर उम्मेदवारले भोट मागेको बताउनुभयो । “यसरी आउने उम्मेदवारलाई मलखाद, सिँचाइ सुविधा, स्वास्थ्य र शिक्षामा सहज पहुँचका लागि ठोस योजना चाहिन्छ भने उम्मेदवारलाई भनिरहेका छौँ”, उहाँले भन्नुभयो । 

    राप्तीसोनारी गाउँपालिका र नरैनापुर गाउँपालिकाका केही बस्ती अहिले पनि दुर्गम बस्तीका रूपमा रहेका छन् । यी क्षेत्रमा थारू र मुस्लिम समुदायको बाहुल्यता रहेको छ ।रासस 

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री
    • बल्खु र वंशीघाट क्षेत्र नदी किनारका जोखिमपूर्ण बस्ती हटाइँदै
    • गण्डकदेखि मितेरीपुलसम्मको सडकको केन्द्रविन्दु छुट्टयाउन थालियो
    • साँचो क्रान्ति ‘क’बाट होइन, ‘ज्ञ’बाट सुरु हुन्छः प्रधानमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.