सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘निर्वाचनलाई स्वच्छ बनाउन आचारसंहिताको पालना अनिवार्य’


  •    न्युजभित्तो/८ फाल्गुन २०८२, शुक्रबार १२:५८ 
  • विराटनगर, ८ फागनु । यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ बनाउन सबैले अनिवार्य रूपमा आचारसंहिता पालना गर्नुपर्नेमा सरोकार भएकाहरूले जोड दिएका छन् ।

    कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय र प्रेस काउन्सिल नेपालको सहयोगमा आज यहाँ नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशले आयोजना गरेको दुईदिने ‘पत्रकार आचारसंहिता प्रशिक्षक प्रशिक्षण’ तालिमको उद्घाटन सत्रमा सरोकार भएकाहरूले त्यस कार्यमा पत्रकारको भूमिका थप महत्त्पूर्ण रहेको बताएका हुन् ।

    कार्यक्रममा आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले विशेष परिस्थितिमा हुन लागेको निर्वाचन लोकतन्त्र र संविधानको रक्षा दृष्टिले महत्त्वूर्ण रहेको भन्दै निर्वाचनको स्वच्छतामा सबै सचेत हुनुपर्ने बताउनुभयो । उहाँले समाजलाई कमजोर बनाउने र जनतामा भ्रम फैलाउने प्रवृत्तिविरुद्ध पत्रकारिताले योगदान गर्नुपर्नेमा जोड दिनुभयो ।

    कार्यक्रमका अन्य वक्ताहरूले भयरहित वातावरणमा मतदान गर्न पाउनु नागरिकको नैसर्गिक अधिकार भएकाले सञ्चार माध्यम र सञ्चारकर्मीले सचेत भएर जनतालाई सुसूचित गर्नुपर्ने धारणा राखेका थिए ।

    महासङ्घका अध्यक्ष भरत खड्काले दुई दिनसम्म सञ्चालन हुने प्रशिक्षणमा निर्वाचनमा थप भूमिका निर्वाह गर्न पत्रकार आचारसंहिता, निर्वाचन आचारसंहितालगायत पत्रकारले पालना गर्नुपर्ने नैतिक आचरणबारे छलफल हुने बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन
    • भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    • लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    • वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित
    • दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.