सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘बागमती प्रादेशिक ललितकला प्रदर्शनी’को तयारी पूरा


  •    न्युजभित्तो/७ फाल्गुन २०८२, बिहीबार १५:३३ 
  • काठमाडौँ, ७ फागुन । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले ‘बागमती प्रादेशिक ललितकला प्रदर्शनी’को तयारी पूरा भएको जनाएको छ । 

    देशका विभिन्न ६ वटा प्रदेशमा सम्पन्न भएको प्रादेशिक ललितकला प्रदर्शनीअन्तर्गत यो अन्तिम प्रादेशिक ललितकला प्रदर्शनी हो । यही फागुन ८ गतेदेखि प्रतिष्ठानको कार्यालय नक्सालमा सुरु हुने प्रदर्शनीमा यसपटक २०० बढी कलाकारका २३० भन्दा बढी कलाकृति समावेश गरिने कार्यक्रम संयोजक एवं प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले जानकारी दिनुभयो ।

    यो प्रदर्शनीलाई ललितकलाकै महोत्सव मानिन्छ । यसअघि माघ १५ गते गण्डकी प्रदेशबाट प्रादेशिक कला प्रदर्शनीको थालनी भएको थियो । झण्डै एक महिनासम्म सञ्चालन हुने प्रादेशिक कला प्रदर्शनीअन्तर्गत भोलिदेखि सुरु हुने बागमती प्रादेशिक ललितकला प्रदर्शनी भने यही फागुन १२ गतेसम्म सञ्चालन हुने संयोजक लामाले जानकारी दिनुभयो । 

    नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान काठमाडौँले स्थानीय निकाय तथा संस्थासँगको सहकार्यमा विगत तीन वर्षदेखि सङ्घीय संरचना अनुसार नै कला प्रदर्शनी सुरुवात गरेको थियो । प्रदेशगतरुपमा हुने प्रदर्शनीले रैथाने तथा लोककला प्रवद्र्धनमा सहयोग पुगेको र राउटे, डोम, थारु समुदायका कला पनि बाहिर आएको प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले बताउनुभयो ।

    प्रतिष्ठानले सङ्घीय संरचना अनुसार सातै प्रदेशमा कला प्रदर्शनीको थालनी गरेको यो तेस्रो पटक हो । प्रतिष्ठानका सदस्यसचिव देवेन्द्र काफ्ले थुम्केलीले कलामा रुपान्तरण अभियानअन्तर्गत प्रदेशहरुमा कला प्रदर्शनी आयोजना गरिएको र त्यहाँबाट छानिएका कला आगामी जेठ १५ गतेदेखि सुरु हुने राष्ट्रिय कला प्रदर्शनीमा समावेश गराइने बताउनुभयो ।

    ‘सामाजिक रूपान्तरण स् ललितकलाको अभियान’ भन्ने मूल भावमा रही आयोजना हुने प्रदर्शनीमा कलाको सजावटका सबै काम पूरा भएको र अब उद्घाटन सत्रका काम मात्रै बाँकी रहेको प्रतिष्ठानले जनाएको छ ।

    प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा मूर्तिकला विभाग प्रमुख दिनेश्वर महतोले बागमती प्रदेशका सबै विधाका कलाकृति अवलोकन गर्न पाइने बताउनुभयो । वैदेशिक ललितकला प्रदर्शनी अन्तिम चरणमा पुगेकाले आगामी जेठ १५ गतेदेखि ३० गतेसम्म काठमाडौँमा हुने राष्ट्रिय ललितकला प्रदर्शनी २०८३ को तयारी सुरु भएको र सोही कार्यक्रममा  कलाकारलाई पुरस्कार तथा सम्मानसमेत प्रदान गरिने जनाइएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.