सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

लागुऔषध ओसारपसारः उनान्सय जनाविरुद्ध पैँसट्ठी मुद्दा दर्ता


  •    न्युजभित्तो/६ फाल्गुन २०८२, बुधबार १४:३० 
  • काठमाडौँ, ६ फागुन । नेपाल प्रहरीले यहाँ गत माघ महिनामा लागुऔषध कारोबारका अभियोगमा ९९आरोपीलाई पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार गत माघ महिनामा काठमाडौँका विभिन्न क्षेत्रका गरिएको खोजी अभियानका क्रममा सात महिलासहित ९९ जनालाई लागुऔषधसहित पक्राउ गरिएको र उनीहरुविरुद्ध ६५ मुद्दा दर्ता भएको छ ।

    परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले उनीरुबाट खैरो हेरोइनमात्रै ५५।१८ ग्राम बरामद भएको छ । यस्तै लागुऔषध ट्रमाडोल मात्रै २३ हजार ३०० ट्याबलेट र नाइट्राजेपाम दुई हजार ८१३ एम्पल बरामद गरिएको छ ।

    गाँजा २ किलो, डाइजेपाम ९३ एम्पुल, फेनारगन ६२ एम्पुल, नुर्फिन १५१ एम्पुल, नाइट्राभेट १० एम्पुल बरामद गरिएको छ । यस्तै स्पामो १२६ क्याप्सुल पोल्याण्ड ६७८ ग्राम पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।

    काठमाडौँ प्रहरीका अनुसार गएको एक महिनाको अवधिमा आात्महत्याका ३६ घटना भएको छ । यसमा १९ देखि ३९ वर्षका २७ छन् । आात्महत्या गर्नेमा २४ पुरुष रहेका पनि प्रहरीले जनाएको छ ।

    अनुचित लेनदेनतर्फ सात मुद्दा दर्ता भएको र दुई मुद्दा मिलापत्र भएको पनि प्रहरीले जानकारी दिएको छ । ती मुद्दाहहरुमा रु आठ करोडभन्दा बढीको मागदाबी रहेको काठमाडौँ प्रहरीले जानकारी दिएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अब दुई घण्टामा नारायणगढदेखि बुटवल सरर ….
    चितवनदेखि डडेलधुरासम्मका भूमिहीनलाई जग्गाधनी पुर्जा प्रदान
    विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह
    • कोरियाली राजदूतद्वारा परराष्ट्र सचिवसँग बिदाइ भेट
    • सुनको मूल्य तोलामा चार हजार २०० ले बढ्यो
    • बागमती प्रदेशमा नयाँ सरकार गठन गर्न छलफल तीव्र पार्दै दलहरु
    • आकस्मिक बाढीको आज मध्यम जोखिम

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.