सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मुख्यमन्त्री आचार्यद्वारा ग्याल्पो ल्होसारको शुभकामना


  •    न्युजभित्तो/६ फाल्गुन २०८२, बुधबार ११:०४ 
  • लुम्बिनी, ६ फागुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ग्याल्पो ल्होसारजस्ता पर्वले नेपाली समाजबीच सद्भाव, एकता र सकारात्मक सोच अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।

    ग्याल्पो ल्होसारका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य र उन्नतिको कामना गर्नुभएको छ ।

    बहुजातीय, बहुभाषिक र बहुधार्मिक हाम्रो मुलुकको संविधानले सबै धर्म, संस्कार र संस्कृतिलाई समान सम्मान दिएको बताउँदै सन्देशमा मुख्यमन्त्री आचार्यले यही समावेशी अभ्यास नै सामाजिक स्थायित्व र सहअस्तित्वका आधार हुन् भन्नुभएको छ ।

    मौलिक कला, भाषा र संस्कृति हाम्रो पहिचानका आधारमात्र नभई पर्यटन प्रवर्द्धन र आर्थिक विकासका महत्त्वपूर्ण स्रोतसमेत भएको उहाँले उल्लेख गर्नुभयो । यस्ता सांस्कृतिक पर्वहरूको संरक्षण र प्रवर्द्धनले लुम्बिनी प्रदेशलाई सांस्कृतिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बागमती प्रदेशमा नयाँ सरकार गठन गर्न छलफल तीव्र पार्दै दलहरु
    आकस्मिक बाढीको आज मध्यम जोखिम
    बायोग्यास प्लान्ट पुनः सञ्चालनमा ल्याउन सम्झौता
    • शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता
    • चितवन प्रशासनको व्यवस्था : अशक्त र वृद्धको घरमै ग्यास
    • ‘पेपरलेस धनगढी’का लागि एकीकृत ‘डिजिटल’ प्रणाली
    • दाह्रा काटिएको ध्रुर्वे निकुञ्जभित्रैः १०/१० मिनेटमा अनुगमन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.