सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मतदाता शिक्षाका लागि जुम्लामा स्वयंसेवक परिचालित


  •    न्युजभित्तो/३ फाल्गुन २०८२, आईतवार १२:४१ 
  • जुम्ला, ३ फागुन । जिल्ला निर्वाचन कार्यालय जुम्लाले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई  लक्षित गरी मतदाता शिक्षा कार्यक्रम सञ्चालनका लागि स्वयंसेवक परिचालनको तयारी गरेको छ । जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी दिपेन्द्र कँडेलका अनुसार जिल्लाका आठ स्थानीय तहका ६० वटै वडामा एक जनाका दरले मतदाता शिक्षा स्वयंसेवक यही फागुन ३ देखि १७ गतेसम्म कार्यक्षेत्रमा खटिने छन् ।

    मतदाता शिक्षा स्वयंसेवकले विशेषगरी निर्वाचन प्रक्रियामा बढीभन्दा बढी मतदाता सहभागी गराउने, मतदान गर्दा ध्यान दिनुपर्ने विधि, प्रक्रियाका बारेमा सिकाउने, बदर हुनसक्ने मत न्यूनीकरण गर्ने, निर्वाचन आचारसंहिताका बारेमा जानकारी गराउने र समग्रमा निर्वाचनलाई उत्सवका रूपमा मनाउने विषयमा मतदातालाई सुसूचित गराउने निर्वाचन आयोगले स्पष्ट गरेको छ । यसैसन्दर्भमा मतदाता शिक्षा अनुगमनकर्ताका लागि अभिमुखीकरण कार्यक्रम समेत सञ्चालन भइसकेको छ ।

    बालविकास सहजकर्ता, महिला स्वास्थ्य स्वयंसेविका, सामाजिक परिचालिका, मातृस्वास्थ्य कार्यकर्ता तथा सामुदायिक अध्ययन केन्द्रका परिचालकहरू मतदाता स्वयंसेवकका रूपमा परिचालित हुने व्यवस्था गरिएको छ । जिल्लामा ८५ मतदानस्थल र ११० वटा मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचनका लागि जिल्लामा कुल मतदाता ७१ हजार ७३९ जना रहेका छन् । महिलातर्फ ३४ हजार २८० जना र पुरुषतर्फ ३७ हजार ४५९ जना मतदाता रहेको निर्वाचन कार्यालय जुम्लाले स्पष्ट गरेको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.