सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

लुम्बिनी प्रादेशिक ललितकला प्रदर्शनी सुरु


  •    न्युजभित्तो/१९ माघ २०८२, आईतवार १७:०६ 
  • काठमाडौँ, १८ माघ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजना र नेपाल व्यावसायिक कलाकार सङ्घ, रुपन्देही तथा कालिका मानवज्ञान माध्यमिक विद्यालयको सह–आयोजनामा विद्यालय परिसरमा ‘लुम्बिनी प्रादेशिक ललितकला प्रदर्शनी’ सुरु भएको छ ।

    शनिबारदेखि सुरु भएको प्रदर्शनीको प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली र बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले संयुक्त रूपमा उद्घाटन गर्नुभयो । 

    प्रतिष्ठानका कुलपति हार्तम्छालीले राष्ट्र र समाजको भौतिक विकाससँगै संस्कृति, शान्ति स्थापना र सामाजिक विकासका लागि ललितकलाको विशेष महत्त्व रहेको बताउनुभयो । उहाँले नेपालमा कलाको मर्मलाई जराबाटै उठाउनुपर्ने आवश्यकता औँल्याउँदै स्थानीय जनजीवनलाई बोध गराउने उद्देश्यले प्रादेशिक ललितकला प्रदर्शनी गरिएको जानकारी दिनुभयो । 

    बुटवल उपमहानगरका प्रमुख पाण्डेयले बुटवललाई मुख्य व्यापारिक केन्द्र र सम्भावना भएको ऐतिहासिक क्षेत्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिँदै कलाका माध्यमबाट कलाकारले ती विषयवस्तुलाई प्रस्तुत गर्नुपर्ने बताउनुभयो । उहाँले यस्ता गतिविधि सञ्चालनका लागि पालिकाले आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता जनाउनुभयो ।

    प्रतिष्ठानका मूर्तिकला विभाग प्रमुख एवं लुम्बिनी प्रदेश समन्वय समिति संयोजक दिनेश्वर महतोले प्रदेश तथा स्थानीय तहले आफ्नो क्षेत्रको ललितकलाको विकास तथा प्रवर्द्धनमा अग्रणी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले प्रदर्शनीमा लुम्बिनी प्रदेशका कला, संस्कृति, पर्यटन प्रवर्द्धनसँगै जनजीवनका विविध पाटो समेटिएका कलाकृति रहेका जानकारी दिनुभयो ।

    यसैगरी कार्यक्रममा प्रतिष्ठानका समसामयिक चित्रकला विभाग प्रमुख सञ्जय वान्तवा, प्राज्ञसभा सदस्य जुपिटर प्रधान, कालिका मानवज्ञान माध्यमिक विद्यालयका सहायक प्राचार्य पीताम्बर बञ्जाडे, कलाकार एचवी रम्तेललगायत वक्ताले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

    कार्यक्रममा स्वागत मन्तव्य नेपाल व्यावसायिक कलाकार सङ्घ रुपन्देहीका अध्यक्ष दिलीप रसाली र सञ्चालन जङ्ग पहाडीले गर्नुभएको थियो । प्रदर्शनीमा समसामयिक चित्रकला÷मूर्तिकला, शिल्प तथा हस्तकला, वास्तुकला तथा लोककला, बहुआयामिक तथा अन्य सिर्जनात्मक कलासम्बन्धी ११५ कलाकारका १५० भन्दाबढी कलाकृति समावेश छन् । नेपाल पर्यटन बोर्ड प्रवर्द्धक रहेको कला प्रदर्शनी यही माघ २१ गतेसम्म सञ्चालन हुनेछ ।रासस 

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    करदाता प्रोत्साहन उपहारः दश लाखको ‘बम्पर’ पुरस्कार घोषणा
    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
    ‘परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ’
    • बाघ र चितुवा अनुगमन गर्न क्यामरा जडान
    • २५० रुपैयाँको सामान किन्दा ग्राहकले जिते १० लाखको बम्पर उपहार
    • सुनको मोल तोलामा आठ हजारले वृद्धि
    • अब दुई घण्टामा नारायणगढदेखि बुटवल सरर ….

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.