सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

तनहुँमा प्रतिनिधिसभा निर्वाचन: काग्रेस बाहेक प्रमुख दलका उम्मेदवारको टुङ्गो


  •    न्युजभित्तो/५ माघ २०८२, आईतवार १६:०५ 
  • दमौली (तनहुँ), ४ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँमा नेपाली कांग्रेस बाहेकका प्रमुख राजनीतिक दलले उम्मेदवार टुङ्ग्यिाएका छन् ।

    नेकपा एमाले, नेकपा तथा उज्यालो नेपाल पार्टीले दुवै निर्वाचन क्षेत्रका उम्मेदवार सार्वजनिक गरिसकेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०बाट पनि उम्मेदवार टुङ्गो लागेको छ ।

    नेकपा एमालेले क्षेत्र नं १ बाट भगवती न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने क्षेत्र नं –२ बाट केदार सिग्देललाई उम्मेदवार बनाइएको नेकपा एमालेका जिल्ला अध्यक्ष हरिराज कँडेलले जानकारी दिनुभयो ।

    यसैगरी, नेकपाबाट तनहुँ–१ मा विद्यानाथ ढकाल र क्षेत्र नं–२ मा सोमबहादुर थापा ९एसबी। थापा० उम्मेदवार चयन हुनुभएको छ ।

    नयाँ राजनीतिक शक्तिका रूपमा देखिएको उज्यालो नेपाल पार्टीले पनि दुवै क्षेत्रमा उम्मेदवार घोषणा गरेको छ । पार्टीले तनहुँ–१ बाट मन्जिल राना र तनहुँ–२ बाट मनराज गुरुङलाई उम्मेदवार बनाएको छ ।

    त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले तनहुँ–१ बाट स्वर्णिम वाग्लेलाई उम्मेदवार बनाएको छ भने क्षेत्र नं–२ मा उम्मेदवारको नाम सार्वजनिक हुन बॉकी छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरको सिएमएस रोडमा खुल्यो अर्गानिक सप ‘आहार’
    सेल्सबेरी चितवनको दोस्रो शाखा भरतपुरको बुद्धचोकमा, दुवै शाखाबाट १५ प्रतिशतसम्म छुट
    आदिवासी जनजाति राज्यका गहना हुन्ः मन्त्री तामाङ
    • जनप्रतिनिधि जनताको सेवक हो, शासक होइनः स्वास्थ्य मन्त्री तामाङ
    • मासु जाँच ऐनः उद्देश्य सही, कार्यान्वयन किन हतारमा ?
    • चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण
    • विश्वमा प्रतिव्यक्ति १८५ अण्डा खपत हुँदा नेपालमा ६९ मात्रै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.