सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कास्कीमा उम्मेदवारी छनोटमा दलहरू व्यस्त


  •    न्युजभित्तो/५ माघ २०८२, आईतवार १०:५६ 
  • गण्डकी, ४ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कास्कीमा उम्मेदवारी छनोटका लागि दलहरूले छलफल तीव्र पारेका छन् । जिल्लामा नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले कास्की जिल्लाका तीनवटै क्षेत्रका लागि पार्टीका तर्फबाट उम्मेदवारी छनोट गरिसकेको छभने अन्य दलहरूले उम्मेदवारीका लागि आन्तरिक छलफललाई तीव्र बनाएका हुन् ।

    एमालेका तर्फबाट कास्की क्षेत्र नं १ मा बैनबहादुर अधिकारी क्षेत्री, कास्की क्षेत्र नं २ मा कृष्ण थापा र कास्की क्षेत्र नं ३ मा दामोदर बैरागीको उम्मेदवारी हुने भएको एमाले कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिनुुभयो ।

    जिल्लामा अन्य राजनीतिक दलका तर्फबाट पनि उम्मेदवारी छनोटका लागि छलफललाई तीव्र बनाइएको छ । नेपाली कांग्रेसले उम्मेदवारी चयनका लागि आन्तरिक छलफललाई अघि बढाएको नेपाली कांग्रेस कास्कीका सचिव भानु ढकालले जानकारी दिनुुभयो ।

    राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवारीका लागि आन्तरिक छलफल गरिरहेको र आज दिउँसोसम्म टुङ¬्गो लाग्ने पार्टीका जिल्ला सचिव दीपेन्द्र पोखरेलले जानकारी दिनुुभयो । जिल्लामा पार्टीका तर्फबाट उम्मेदवारीका लागि २१ जनाले आकाङ्क्षा देखाउनुुभएको उहाँले बताउनुुभयो ।

    नेपाली कम्युनिष्ट पार्टीले उम्मेदवारीका लागि कास्कीका तीनवटै क्षेत्रबाट एक जना नवयुुवा र एक जना महिलासहित पाँच–पाँच जनाको नाम केन्द्रमा सिफारिस गरेको नेकपाका केन्द्रीय सदस्य एवं कास्की जिल्ला संयोजक विश्वप्रकाश लामिछानेले जानकारी दिनुुभयो । उहाँका अनुुसार आज दिउँसोसम्म तीनवटै क्षेत्रका लागि पार्टीका तर्फबाट उम्मेदवारी तय हुनेछ ।

    जिल्लामा अन्य राजनीतिक दलले पनि आफ्नो उम्मेदवारी तयका लागि छलफललाई तीव्र बनाएका छन् । निर्वाचनका लागि उम्मेदवारी मनोनयन माघ ६ गतेका लागि निर्धारण भएका कारण दलहरूले सक्रियता बढाएका हुन् ।

    कास्कीका तीन निर्वाचन क्षेत्रमा कुल तीन लाख आठ हजार ५७२ जना मतदाता रहेको निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिनुुभयो । उहाँका अनुुसार कास्की क्षेत्र नं १ मा एक लाख १६ हजार ८७८ जना मतदाता रहेका छन्भने क्षेत्र नं २ मा ८४ हजार १३४ मतदाता रहेका छन् । त्यस्तै क्षेत्र नं ३ मा एक लाख सात हजार ५६० मतदाता रहेका छन् ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरको सिएमएस रोडमा खुल्यो अर्गानिक सप ‘आहार’
    सेल्सबेरी चितवनको दोस्रो शाखा भरतपुरको बुद्धचोकमा, दुवै शाखाबाट १५ प्रतिशतसम्म छुट
    आदिवासी जनजाति राज्यका गहना हुन्ः मन्त्री तामाङ
    • जनप्रतिनिधि जनताको सेवक हो, शासक होइनः स्वास्थ्य मन्त्री तामाङ
    • मासु जाँच ऐनः उद्देश्य सही, कार्यान्वयन किन हतारमा ?
    • चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण
    • विश्वमा प्रतिव्यक्ति १८५ अण्डा खपत हुँदा नेपालमा ६९ मात्रै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.