सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राष्ट्रियसभा सदस्य बोहराको निधनप्रति कांग्रेसद्वारा दुःख व्यक्त


  •    न्युजभित्तो/३ माघ २०८२, शुक्रबार १७:१६ 
  • काठमाडौँ, २ माघ । नेपाली कांग्रेसले पार्टीका नेता एवम् राष्ट्रियसभा सदस्य बलदेव बोहराको निधनमा गहिरो दुःख व्यक्त गरेको छ ।

    पार्टी कार्यवाहक सभापति पूर्णबहादुर खड्काको तर्फबाट कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गरी गत पुस ३० गते काठमाडौँ मेडिकल कलेजमा उपचारका क्रममा ७४ वर्षीय बोहराको निधन भएकोप्रति गहिरो दुःख व्यक्त गर्नुभएको हो ।

    कञ्चनपुरको वेदकोट नगरपालिकाका बासिन्दा बोहराले विद्यार्थी जीवनदेखि नै आफ्नो राजनीतिक यात्रा प्रारम्भ गर्नुभएको कांग्रेसले जनाएको छ । उहाँ दोस्रो संविधानसभा निर्वाचनमा संविधान सभा सदस्य बन्नुभएको थियो भने २०८० सालमा सम्पन्न निर्वाचनमार्फत राष्ट्रियसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

    प्रजातन्त्र प्राप्तिको आन्दोलनका क्रममा बोहराले पाँच वर्ष जेल जीवन बिताउनुभएको थियो । विसं २०४९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा कञ्चनपुर जिल्लाको जिल्ला विकास समितिको सभापतिका रूपमा बोहरा निर्वाचित हुनुभएको थियो । समाजसेवामा पनि निरन्तर समर्पित रहँदै आउनुभएका बोहराको निधनसँगै कांग्रेस र सुदूरपश्चिमले एक निष्ठावान र अनुभवी नेतृत्वलाई गुमाएको पार्टीले जनाएको छ ।

    बोहराको निधनप्रति कांग्रेसका कावा सभापति खड्काले आफूलाई अत्यन्त दुःखित र स्तब्ध बनाएको बताउनुभयो । बोहोराले कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा निर्वाह गर्नुभएको नेतृत्वदायी भूमिका पार्टीमा सदा स्मरणीय रहिरहने उहाँले बताउनुभयो ।

    कावा सभापति खड्काले स्व बोहराप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै मृतक आत्माको चीर शान्तिको कामनाका साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो व्यक्तिगततर्फबाट गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरको सिएमएस रोडमा खुल्यो अर्गानिक सप ‘आहार’
    सेल्सबेरी चितवनको दोस्रो शाखा भरतपुरको बुद्धचोकमा, दुवै शाखाबाट १५ प्रतिशतसम्म छुट
    आदिवासी जनजाति राज्यका गहना हुन्ः मन्त्री तामाङ
    • जनप्रतिनिधि जनताको सेवक हो, शासक होइनः स्वास्थ्य मन्त्री तामाङ
    • मासु जाँच ऐनः उद्देश्य सही, कार्यान्वयन किन हतारमा ?
    • चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण
    • विश्वमा प्रतिव्यक्ति १८५ अण्डा खपत हुँदा नेपालमा ६९ मात्रै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.