सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट


  •    न्युजभित्तो/३ माघ २०८२, शुक्रबार १३:२१ 
  • काठमाडौँ, २ माघ । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाल तामाङ घेदुङको प्रतिनिधिमण्डलले भेट गरेको छ । आज बिहान भएको भेटका क्रममा तामाङ समुदायको जनसङ्ख्या, संस्कृति, आर्थिक–सामाजिक अवस्थालगायत विषयमा चर्चा भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिनुभयो ।

    घेदुङले यही माघ ५ गते सोनाम ल्होछारका अवसरमा काठमाडौँमा तामाङ सांस्कृतिक महोत्सव तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्न लागेको जानकारी गराउँदै उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी भइदिन प्रधानमन्त्री कार्कीलाई अनुरोध गरिएको उहाँले बताउनुभयो ।

    घेदुङका पदाधिकारीहरुले तामाङ समुदायको जनसङ्ख्या ३० लाखभन्दा बढी भए पनि जनगणनामा भएको त्रुटिका कारण १७ लाख हाराहारी मात्र देखिएकामा प्रधानमन्त्रीको ध्यानाकर्षणसमेत गराउनुभएको थियो ।

    त्यस अवसरमा प्रधानमन्त्री कार्कीले हालको अवस्थाको लोकतान्त्रिक निकासका लागि निर्वाचन एकमात्र विकल्प भएकाले समाजका सबै तह र तप्काबाट सहयोगको अपेक्षा गरेको बताउनुभयो ।

    “मुलुक चुनावमा होमिएको छ । यो चुनाव सामान्य अवस्थाको नभई मुलुकलाई निकास दिने र दिगो स्थिरतातिर लैजाने चुनाव हो”, उहाँले भन्नुभयो, “भदौ २३ र २४ गतेलाई दिमागमा राखौँ । अब बारम्बार यो अवस्था दोहोरिनुहुँदैन । युवाको आकांक्षाअनुरुप हामी चल्नुपर्छ । तपाईंहरु पनि आउँदो चुनावमा नयाँ, युवा र इमानदार सांसद जिताएर संसद्मा पठाउनुहोस् ।”

    प्रधानमन्त्री कार्कीले पुरानो मानसिकता, सोच र शैलीले अब देश नचल्ने भन्दै युवाको भावनाअनुसार शासन सञ्चालन गर्न युवा र इमानदार व्यक्ति नेतृत्वमा आउनुपर्नेमा जोड दिनुभएको प्रेस सल्लाहकार रावलले बताउनुभयो ।

    प्रधानमन्त्री कार्कीले चुनावमा अनावश्यक चलखेल र गतिविधि हुन हुन नदिन अब समुदायस्तरबाटै सबै चनाखो हुनुपर्ने धारणा राख्नुभयो । “भ्रष्टाचार अन्त्य गर्ने हो भने त्यसविरुद्ध चुनावबाटै पहल हुनुपर्छ । मतदाता पनि यसमा चनाखो बन्नुपर्छ । अब विगतमा जस्तो चुनावमा हुने गलत अभ्यास र प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्छ”, प्रधानमन्त्रीको भनाइ थियो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरको सिएमएस रोडमा खुल्यो अर्गानिक सप ‘आहार’
    सेल्सबेरी चितवनको दोस्रो शाखा भरतपुरको बुद्धचोकमा, दुवै शाखाबाट १५ प्रतिशतसम्म छुट
    आदिवासी जनजाति राज्यका गहना हुन्ः मन्त्री तामाङ
    • जनप्रतिनिधि जनताको सेवक हो, शासक होइनः स्वास्थ्य मन्त्री तामाङ
    • मासु जाँच ऐनः उद्देश्य सही, कार्यान्वयन किन हतारमा ?
    • चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण
    • विश्वमा प्रतिव्यक्ति १८५ अण्डा खपत हुँदा नेपालमा ६९ मात्रै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.