सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक


  •    न्युजभित्तो/२९ पुष २०८२, मंगलवार १६:४७ 
  • काठमाडौँ, २९ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरको आह्वानमा यही पुस २७ गतेदेखि यहाँ सुरु भएको विशेष महाधिवशेनबाट गठन भएको निर्वाचन समितिले नयाँ नेतृत्व चयनका लागि आज कार्यतालिका सार्वजनिक गरेको छ ।

    विशेष महाधिवेशनको सोमबारदेखि भृकुटीमण्डपमा जारी बन्द सत्रले आजै गठन गरेको निर्वाचन समितिले एक सूचनामार्फत कार्यतालिका सार्वजनिक गरेको हो । निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीकाअनुसार केन्द्रीय नेतृत्व निर्वाचनका लागि आजै राति ९ बजेदेखि १ बजेसम्म मतदानको समय तोकिएको छ ।

    सार्वजनिक कार्यतालिकामा दिउँसो १२ः३० बजे मतदाता नामावली प्रकाशन गर्ने र मतदाता नामावलीमाथिको दाबी विरोध र छानविन १ः३० बजेसम्म तोकिएको छ । त्यस्तै अन्तिम नामावली प्रकाशन दिउँसो २ बजे, उम्मेदवार मनोनयन दर्ता २ बजेदेखि ३ बजेसम्म र उम्मेदवारको नामावली प्रकाशन अपाह्न ४ः३० बजे हुने कार्यतालिकामा उल्लेख छ ।

    यसैगरी उम्मेदवारीमाथि दाबी विरोध साँझ ४ः३० बजेदेखि ५ बजेसम्म, उम्मेदवारीमाथि दाबी विरोध छानविन साँझ ५ देखि ५ः३० बजेसम्म, उम्मेदवारी मनोनयन फिर्ता ५ः३० देखि ७ः३० बजेसम्म र उम्मेदवारीको अन्तिम नामावली प्रकाशन ८ः४५ बजे निर्धारण गरिएको जारी सूचनामा उल्लेख छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    धादिङ-१ मा रास्वपाको अग्रता
    मुस्ताङमा कांग्रेसका गौचन निर्वाचित
    रुपन्देही, २ मा रास्वपाका खरेल भारी मतले अगाडि
    • चितवन ३ मा पनि रास्वपा अगाडि
    • रुकुम पूर्वमा संयोजक दाहाल अगाडि
    • कैलाली –१ मा कांग्रेस अघि
    • मोरङ ३ मा श्रम संस्कृति अगाडि

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.