सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भूकम्पीय पूर्वतयारीमा मुख्यमन्त्री आचार्यको जोड


  •    न्युजभित्तो/२९ पुष २०८२, मंगलवार १३:५२ 
  • लुम्बिनी, २९ पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भूकम्पबाट हुनसक्ने क्षति न्यूनिकरण गर्न नवीनतम प्रविधि र सीप सिकाइलाई अबलम्बन गर्न आवश्यक रहेको बताउनुभएको छ । 

    नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र न्यू होराइजन स्कुल बुटवलको सहकार्यमा आज आयोजित भूकम्प विज्ञान तथा भूकम्प सुरक्षासम्बन्धी प्रदर्शनात्मक कार्यक्रममा मुख्यमन्त्री आचार्यले विपद् पूर्वसूचना गरेर नआउने भएकाले पूर्वतयारी र सतर्कता सधैँ चुस्त राखिनुपर्नेमा जोड दिनुभयो ।

    “यसलाई सिकाइको रूपमा लिन जरुरी छ, भावी दिनमा हुनसक्ने भूकम्पीय क्षति कम गर्न, भूकम्पबाट कसरी बच्ने र बचाउने भन्ने ज्ञान आत्मसात गर्न आवश्यक छ”, उहाँले भन्नुभयो, “हामीले विगतमा धेरै क्षति बेहोरेका छौँ, भावी दिनमा क्षति दोहोरो नहोस् भन्ने उद्देश्यले सरकार सधैँ पूर्वसतर्कता र तयारीमा संवेदनशील रूपमा काम गरिरहेको छ ।” उहाँले आर्जित ज्ञानलाई सतर्कता र तयारीको काममा प्रभावकारी रूपमा प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । विद्यार्थीहरूले गरेको खोज तथा अनुसन्धानको उहाँले प्रशंसा पनि गर्नुभयो । 

    विद्यार्थी, शिक्षक तथा स्थानीय समुदायमा भूकम्पसम्बन्धी वैज्ञानिक ज्ञान विस्तार गर्दै जोखिम न्यूनीकरणका उपायप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । 

    कार्यक्रममा लुम्बिनी प्रदेशका करिब ३५ विद्यालयका चार हजार विद्यार्थी तथा शिक्षकको सहभागिता रहेको छ । नास्टका प्रविधि सङ्काय प्रमुख डा सुरेशकुमार ढुङ्गेलले नेपाल भूकम्पीय जोखिमयुक्त मुलुक भएकाले विद्यालय तहदेखि नै वैज्ञानिक जानकारी र व्यवहारिक तयारी आवश्यक हुने बताउनुभयो । यसका लागि यस्ता प्रदर्शनात्मक कार्यक्रम अत्यन्त उपयोगी हुने उहाँको भनाइ छ । 

    भूकम्पीय जोखिम न्यूनीकरणका लागि दीर्घकालीन रणनीति आवश्यक रहेको उल्लेख गर्दै उहाँले यस्ता प्रशिक्षणले विद्यार्थी तथा शिक्षकलाई वैज्ञानिक आधारमा बुझ्ने क्षमता विकास गर्ने र आपतकालीन अवस्थामा सही निर्णय लिन मद्दत पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

    न्यू होराइजन स्कुलका प्राचार्य लोकनाथ उपाध्यायले विद्यालय केवल पठनपाठनको केन्द्र मात्र नभई जीवन उपयोगी ज्ञान सिक्ने स्थल भएकाले नास्टसँगको सहकार्यले विद्यार्थीमा भूकम्पीय सचेतना र व्यवहारिक सीप विकासमा ठूलो योगदान पुग्ने बताउनुभयो ।

    वरिष्ठ भूकम्पविद डा लोकविजय अधिकारीले भूकम्प पूर्वतयारी र सही सूचना नै क्षति न्यूनीकरणको मूल आधार रहेको बताउनुभयो । भूकम्प कहिले आउँछ भन्ने थाहा नपाए पनि आउँदा कसरी सुरक्षित रहने भन्ने ज्ञान सिकाउन आवश्यक भएको उहाँको भनाइ छ । भूकम्पविद डा शिव सुवेदीका अनुसार कार्यक्रममा भूकम्पको उत्पत्ति, प्लेट टेक्टोनिक्स, नेपालमा देखिने भूकम्पीय प्रवृत्ति, सुरक्षित संरचना निर्माण तथा व्यक्तिगत सुरक्षाका उपाय प्रदर्शनात्मक रूपमा प्रस्तुत गरिनेछ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.