सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रधानसेनापतिद्वारा राष्ट्रनिर्माताको सालिकमा पुष्पहार अर्पण


  •    न्युजभित्तो/२७ पुष २०८२, आईतवार १२:११ 
  • काठमाडौँ, २७ पुस । नेपाली सेनाले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सालिकमा माल्यापर्ण गरी उहाँप्रति सम्मान प्रकट गरेको छ ।

    सैनिक मुख्यालय जङ्गी अड्डा परिसरमा रहेको नेपाली सेनाका संस्थापक राष्ट्रनिर्माताको सालिकमा प्रधानसेनापति अशोकराज सिग्देलले पुष्पहार अर्पण गरी उहाँप्रति सम्मान व्यक्त गर्नुभएको हो । त्यस अवसरमा सेनाको एक टुकडीले उहाँको सम्मानमा सलामी अर्पण गरेको थियो । पूर्व प्रधानसेनापति, रथीवृन्द र सकल दर्जाले पनि त्यस अवसरमा सालिकमा माल्यर्पण गरी सलामी अर्पण गर्नुभएको थियो ।

    त्यसअघि ३०४औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने सिलसिलामा नेपाल एकीकरणको दौरान प्रयोग भएको गोरखा–काठमाडौँ एकीकरण मार्ग पदयात्रा त्यहाँ आयोजित विशेष समारोहस्थल पुगेर समापन भएको थियो ।

    पदयात्रामा नेपालको राष्ट्रिय झण्डा, नेपाली सेनामा सबैभन्दा पहिले खडा भएका पाँच कम्पनी (श्रीनाथ, कालीबक्स, बर्दवाणी, पुरानो गोरख तथा सबुज) को झण्डा र टर्चसहित गोरखामा तैनाथ श्री रुद्रध्वज गणबाट ऐतिहासिक सैनिक पोशाक तथा परम्परागत बाजागाजासहितको टोली थियो ।

    पछिल्लो समय हरेक वर्ष हुँदैआएको उक्त पदयात्रा यही पुस २१ गते गोरखा दरबारबाट शुभारम्भ भएको थियो । सोही अवसरमा जङ्गीअड्डामा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको देनसम्बन्धी प्रवचन, लघु नाटक तथा वृत्तचित्र प्रदर्शनी, कविता प्रतियोगिता लगायतका कार्यक्रम गरियो ।

    त्यस्तै पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसलाई भव्य रूपमा मनाउन देशभर र विदेशमा तैनाथ नेपाली सेनाका विभिन्न एकाइमा विविध कार्यक्रम सञ्चालन भएको सैनिजक जनसम्पर्क तथा सूचना निर्देशनाले जनाएको छ । हरेक वर्ष पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका रुपमा मनाउने गरिएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरको सिएमएस रोडमा खुल्यो अर्गानिक सप ‘आहार’
    सेल्सबेरी चितवनको दोस्रो शाखा भरतपुरको बुद्धचोकमा, दुवै शाखाबाट १५ प्रतिशतसम्म छुट
    आदिवासी जनजाति राज्यका गहना हुन्ः मन्त्री तामाङ
    • जनप्रतिनिधि जनताको सेवक हो, शासक होइनः स्वास्थ्य मन्त्री तामाङ
    • मासु जाँच ऐनः उद्देश्य सही, कार्यान्वयन किन हतारमा ?
    • चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण
    • विश्वमा प्रतिव्यक्ति १८५ अण्डा खपत हुँदा नेपालमा ६९ मात्रै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.