सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

धनुषामा चार हजार ५२७ निर्वाचन प्रहरी भर्ना गरिने


  •    न्युजभित्तो/२७ पुष २०८२, आईतवार १२:०८ 
  • धनुषा, २७ पुस । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि धनुषामा चार हजार ५२७ जना निर्वाचन प्रहरी भर्ना गरिने भएको छ । जिल्ला प्रशासन कार्यालयले धनुषाका चार निर्वाचन क्षेत्रमा खटाउन योग्य नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको छ ।

    निर्वाचन प्रहरी भर्ना छनोट तथा नियुक्ति समितिले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालसँग समन्वय गर्दै निर्वाचन प्रहरीका लागि आवेदन प्रक्रिया सुरु गरेको हो । सूचनाअनुसार निर्वाचन प्रहरी पदमा आवेदन दिन इच्छुक व्यक्ति १८ वर्ष पूरा भइसकेका र ५४ वर्ष ननाघेका नेपाली नागरिक हुनुपर्नेछ । आवेदन दिने अन्तिम मिति आगामी माघ १ गतेसम्म तोकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

    निर्वाचन प्रहरीको कार्यअवधि नियुक्ति मितिदेखि ४० दिन रहनेछ वा नेपाल सरकारले तोकेअनुसार हुनेछ । सेवा सुविधाअन्तर्गत प्रतिदिन ८६९ रुपैयाँ ४० पैसाका दरले ४० दिनको पारिश्रमिक रु ३४ हजार ७७६ प्रदान गरिने सहायक प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार योसँगै सम्बन्धित जिल्लामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले पाउने दररेटअनुसार खाद्यान्न खर्च पनि उपलब्ध गराइने छ ।

    सहायक प्रमुख जिल्ला अधिकारी दाहालद्वारा हस्ताक्षरित सूचनामा निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित रूपमा सम्पन्न गराउन पर्याप्त सङ्ख्यामा निर्वाचन प्रहरी परिचालन गरिने तयारी भइरहेको उल्लेख छ । 

    धनुषामा हाल चार लाख १४ हजार ५७१ जना मतदाता रहेका छन् । चार निर्वाचन क्षेत्रमा ३२२ मतदानस्थल र ६४५ मतदान केन्द्र निर्माण भइसकेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । प्रशासनका अधिकारीहरूले मतदाता र निर्वाचनमा संलग्न सबै पक्षलाई संयमित र नियमबद्ध रूपमा निर्वाचनमा सहभागी हुन आह्वान गरेका छन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ‘थर्मल ड्रोन’को सहायताबाट चितुवालाई नियन्त्रणमा लिइँदै
    प्रमुख निर्वाचन आयुक्त र महानिरीक्षकबीच भेट : निर्वाचन सुरक्षाबारे छलफल
    शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्‍याइने
    • मन्त्री बादी र राजदूत अन्स्र्टबीच शिष्टाचार भेट
    • गड्यौला मल बेचेर लाखौँ आम्दानी गर्दै
    • माग बढेसँगै अण्डाको समर्थन मूल्य बढ्यो
    • अनावश्यक ग्यासको सिलिण्डर भण्डारण नगर्न आग्रह , स्थानीय प्रशासनद्वारा वितरणमा सहजीकरण

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.