सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राष्ट्रपति पौडेल, प्रधानमन्त्री कार्की र विशिष्ट पदाधिकारीद्वारा पुष्पगुच्छा अर्पण


  •    न्युजभित्तो/२७ पुष २०८२, आईतवार १२:०६ 
  • काठमाडौँ, २७ पुस । राष्ट्रपति रामचन्द्र पौडेलले आज पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सालिकमा पुष्पगुच्छा अर्पण गर्नुभएको छ । 

    सिंहदरबारको पश्चिमद्वारस्थित पृथ्वीनारायण शाहको सालिक रहेको चोकमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले राष्ट्रनिर्माता शाहप्रति सम्मान व्यक्त गर्दै पुष्पगुच्छा अर्पण गर्नुभएको हो । यसैगरी उपराष्ट्रपति रामसहायप्रसाद यादवले राष्ट्रनिर्माता शाहप्रति सम्मान व्यक्त गर्दै पुष्पगुच्छा अर्पण गर्नुभएको थियो ।

    सोही समारोहमा प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रनिर्माता शाहप्रति सम्मान व्यक्त गर्दै पुष्पगुच्छा अर्पण गर्नुभएको थियो । यसैगरी प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सम्मानसहित पुष्पगुच्छा अपर्ण गर्नुभयो । 

    समारोहमा मन्त्रीगण, राष्ट्रियसभाका सदस्य, संवैधानिक अङ्गका प्रमुख तथा प्रतिनिधि, निजामती एवं जङ्गी सेवाका विशिष्ट श्रेणीका अधिकृतसहित आमसर्वसाधारणको उपस्थिति थियो । सो अवसरमा नेपाली सेनाको एक टुकडीले सलामी अपर्ण गरेको थियो ।  

    राष्ट्रिय पोसाकसहित राष्ट्रिय झण्डा र राष्ट्रनिर्माता शाहको तस्बिर अङ्कित ‘प्ले कार्ड’ बोकी भद्रकाली मन्दिरसहित सहरका विभिन्न स्थानबाट बाजागाजाका साथ निस्केको जुलुस सालिकमा पुगी समारोहमा परिणत भएपछि सम्मान अर्पण कार्यक्रम सुरु भएको हो । 

    आमसर्वसाधारणका तर्फबाट राष्ट्र निर्माताप्रति सम्मानसहित पुष्पगुच्छा अर्पण गर्ने कार्यक्रम अहिले पनि जारी छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरको सिएमएस रोडमा खुल्यो अर्गानिक सप ‘आहार’
    सेल्सबेरी चितवनको दोस्रो शाखा भरतपुरको बुद्धचोकमा, दुवै शाखाबाट १५ प्रतिशतसम्म छुट
    आदिवासी जनजाति राज्यका गहना हुन्ः मन्त्री तामाङ
    • जनप्रतिनिधि जनताको सेवक हो, शासक होइनः स्वास्थ्य मन्त्री तामाङ
    • मासु जाँच ऐनः उद्देश्य सही, कार्यान्वयन किन हतारमा ?
    • चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण
    • विश्वमा प्रतिव्यक्ति १८५ अण्डा खपत हुँदा नेपालमा ६९ मात्रै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.