सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’


  •    न्युजभित्तो/२५ पुष २०८२, शुक्रबार १४:०२ 
  • काठमाडौँ, २५ पुस । पछिल्लो समय नेपाली राजनीतिमा चर्चाको विषय बन्यो काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेबीचको सहयात्रा ।

    विभिन्न अड्कल, टिप्पणी र ‘अदृश्य शक्ति’को आरोपबीच, यो सहकार्य कसरी सम्भव भयो भन्ने विषयमा राससले यस सहयात्राको संवादको भूमिकामा रहनुभएका प्रतिनिधिसभाका पूर्व सांसद एवं रास्वपाका नेता असिम साहसँग संवाद गरेको छ ।

    फरक पृष्ठभूमि, फरक स्वभाव र फरक राजनीतिक यात्राका दुई पात्र बालेन्द्र शाह र रवि लामिछानेको एकै राजनीतिक सहयात्रा सुरु भइसकेको छ ।  सोही सहयात्राको पहलका लागि ‘पोस्टम्यान’को भूमिका आफूले खेलेको पूर्व सांसद साहले बताउनुभयो ।  

    संवादका क्रममा उहाँले दुवै पक्षको मनस्थिति बुझ्ने, सन्देश आदानप्रदान गर्ने र भेटवार्ताको वातावरण बनाउन आफू र अर्का सहकर्मी, आफनै दाजु आसिफ साहले गरेको पहल स्मरण गर्नुभयो । औपचारिक वार्ताले मात्र नभइ विश्वासले एकता सम्भव भएको उहाँको तर्क छ । उहाँकाअनुसार राजनीतिक गणितले नभएर व्यक्तिगत विश्वास र सम्बन्धले सहमति सम्भव भएको हो ।

    “अदृश्य शक्ति होइन, दृश्य शक्ति नै हामी दुई जना हौँ”, उहाँले भन्नुभयो, “सहयात्रा सहज थिएन । रवि लामिछानेको जेल बसाइ, अदालती प्रक्रिया, प्रमुख बालेनको पारिवारिक शोक, धेरै अवरोध आए । अन्तत सभापति रिहा हुनुभयो । पुस ७ गते भेट सम्भव भयो । कति समय मिडियाबाट जोगिँदै, स्थान परिवर्तन गर्दै राति गरिएको भेटले नयाँ राजनीतिक समीकरणको आधार तयार ग(यो ।”

    यस सहयात्रा चुनावी रणनीति मात्र हो कि दीर्घकालीन राजनीतिक परिवर्तनको सङ्केत हो भन्ने प्रश्नमा नेता शाहले भन्नुभयो, “सातरआठ घण्टासम्मको गहिरो संवाद, आपसी समझदारी र देश विकासको समान लक्ष्यले यो सहयात्रालाई दीर्घकालीन बनाएको छ ।” 

    शाह मन र दिमाग दुवै मिलेर भएको एकता भएको बताउनुहुन्छ । यो सहयात्रा लामो समयसम्म जाने विश्वास उहाँको छ । वैकल्पिक शक्ति छरिएर हैन एकजुट हुनुपर्ने आवश्यकता बोध भएपछि दाजु आसिफ र आफूले पहल थालेको उहाँको भनाइ थियो । रास्वपाले जेनजी आन्दोलनपछि बदलिएको राजनीतिक परिस्थितिमा वैकल्पिक शक्ति एक ठाउँमा उभिने क्रमलाई जारी राखेको बताउनुभयो ।

    “छरिएर रहेका वैकल्पिक शक्ति एउटै प्लेटफर्म, एउटै भाँडो आवश्यक थियो । आजको मितिमा त्यो प्लेटफर्म रास्वपा नै हो,” उहाँले भन्नुभयो । निर्वाचनअघि नै कतिपयले रास्वपा प्रधानमन्त्री र सरकार बनाउन हतार गरेको भन्ने प्रतिक्रियामा आफूहरु स्पष्ट रहेको उहाँले बताउनुभयो ।

    उहाँकाअनुसार सहयात्राको मुख्य राजनीतिक सन्देश नै दुई तिहाइको सरकार र बालेन शाह प्रधानमन्त्री हो । अहिले रास्वपाले संसदीय दलको नेताका रूपमा बालेनलाई अघि सारिसकेको छ । “एक महिना अघि देश चुनावतर्फ जान्छ कि जाँदैन भन्ने अनिश्चितता थियो । संसद् पुनःस्थापनाको चलखेल र सरकार ढाल्ने प्रयास चलिरहेका थिए । तर बालेन र रवि एक ठाउँमा आएपछि देश चुनावतर्फ होमिएको छ”, उहाँले भन्नुभयो, “बालेन पक्ष चुनावका लागि अत्यन्तै निर्णायक छ । देशभर फैलिएको ऊर्जाले चुनाव टार्ने तत्वहरूलाईसमेत पछि हट्न बाध्य बनाएको छ ।”

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.