सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मार्ग खुलेको १७ वर्षपछि भिरकाटे–दोवा सडक स्तरोन्नति


  •    न्युजभित्तो/२१ पुष २०८२, सोमबार १५:२४ 
  • म्याग्दी, २१ पुस । अन्नपूर्ण गाउँपालिका–१ भिरकाटेदेखि दोवा जोड्ने सडकमार्ग खुलेको १७ वर्षपछि स्तरोन्नति सुरु गरिएको छ । विसं २०६६ मा स्थानीयले करिब रु एक करोड चन्दा सङ्कलन गरी भिरकाटेदेखि दोवा जोड्ने आठ दशमलव दुई किलोमिटर सडकमार्ग खोलेका थिए । मार्गखुलेदेखि हालसम्म सामान्य मर्मतको भरमा जिप, ट्याक्टर र मोटरसाइकल मात्र सञ्चालन हुँदै आएको साँघुरो, ग्रेड र घुम्ती नमिलेको सडकको अन्नपूर्ण गाउँपालिकाले स्तरोन्नति थालेको हो । 

    सडक स्तरोन्नतिका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा रु एक करोड बजेट विनियोजन गरेको थियो । रु ६५ लाखमा ठेक्का सम्झौता गरेको भण्डारी निर्माण सेवाले बगरदेखि सुनारीटोल खण्डमा काम थालेको वडा सदस्य बिर्खबहादुर गर्बुजाले बताउनुभयो । 

    “भिरकाटेस्थित कालीगण्डकी नदीमा मोटरेबल पुल बन्नुअघि नै ‘ट्र्याक’ खुलेको भिरकाटे–दोवा सडकमा यसपालि हालसम्मकै धेरै बजेट विनियोजन भएको हो,” उहाँले भन्नुभयो, “तत्कालीन जिविसको रु १० लाख अनुदानका साथै रु ९१ लाख चन्दा सहयोग जुटाएर सडक निर्माण गरिएको थियो ।”

    योजनामार्फत हाल तीनदेखि चार मिटर फराकिलो सडकलाई छ मिटरका दरले फराकिलो बनाएर, नाली, पर्खाल निर्माण, ३४० मिटरमा ढलान र ६० मिटर ग्राभेल र्न थालिएको अन्नपूर्ण गाउँपालिकाका प्राविधिक गौरव भट्टले बताउनुभयो । 

    फराकिलो पार्ने, नाली र पर्खाल निर्माण सकेर ढलान गर्न थालिएको उहाँले बताउनुभयो । हाल तीनदेखि चार मिटर फराकिलो सडकमा जिप, मोटरसाइकल र ट्याक्टर मात्र चल्छन् । साँघुरो, घुम्ती र ग्रेड नमिलेको सडकमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ । 

    निर्माण कम्पनीका प्रतिनिधि मनोज भण्डारीले यही पुस महिनाभित्र सम्पन्न गर्ने लक्ष्यसहित उपकरण, मजदुर परिचालन र निर्माण सामग्री व्यवस्थापन गरेको बताउनुभयो । आगामी चैत महिनासम्म ठेक्काको म्याद रहेपछि लक्ष्यअघि नै सम्पन्न गरिने उहाँले बताउनुभयो । 

    गत वर्ष रु ३० लाखबाट मारका क्षेत्रमा सडक स्तरोन्नति गरेको गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु २५ लाख बिनियोजन गरेर योजनालाई निरन्तरता दिएको छ । सडक स्तरोन्नति भएपछि दोवाका ३०० घरपरिवार लाभान्वित हुनेछन् । 

    भिरकाटे–दोवा सडकलाई प्राथमिकता प्राप्त आयोजनामा समेटेर गाउँपालिकाले आगामी वर्षको बजेटमा निरन्तरता दिनाका साथै सङ्घीय र प्रदेश सरकारसँग पनि थप बजेट माग गरिएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    गड्यौला मल बेचेर लाखौँ आम्दानी गर्दै
    माग बढेसँगै अण्डाको समर्थन मूल्य बढ्यो
    अनावश्यक ग्यासको सिलिण्डर भण्डारण नगर्न आग्रह , स्थानीय प्रशासनद्वारा वितरणमा सहजीकरण
    • हात्ती र गोही प्रजनन् केन्द्रमा निःशुल्क प्रवेश
    • प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट
    • सरकारलाई जिम्मेवार बनाउने गरी प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गरिरहेका छौँः सभापति थापा
    • माडीमा २५ मेघावाटको विद्युत् लैजान निकुञ्जमा तार भूमिगत गरिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.