सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट गर्दै एमाले


  •    न्युजभित्तो/२१ पुष २०८२, सोमबार १४:१८ 
  • काठमाडौँ, २१ पुस । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले देशभर उम्मेदवार सिफारिस गर्ने प्रक्रियालाई गति दिएको छ ।

    पार्टी केन्द्रको निर्देशनअनुसार जिल्ला र निर्वाचन क्षेत्रीय कमिटीहरूले उम्मेदवार सिफारिस गरिरहेका छन् । सिफारिसका क्रममा कतिपय जिल्लाबाट एकल नाम पठाइएको छभने केही जिल्लाबाट एकभन्दा बढी आकाङ्क्षीको नाम सिफारिस गरिएको छ । केही जिल्लाले सबै इच्छुक उम्मेदवारको नामसमेत केन्द्रमा पठाएका छन् ।

    एमाले सचिव महेश बस्नेतका अनुसार हालसम्म २४ वटा निर्वाचन क्षेत्रबाट एकल नाम सिफारिस भइसकेको छ । एकल सिफारिस भएका उम्मेदवार र निर्वाचन क्षेत्रहरूमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली–झापा–५, उपाध्यक्ष विष्णु पौडेल–रुपन्देही–२, महासचिव शङ्कर पोखरेल–दाङ–२, उपमहासचिव लेखराज भट्ट–कैलाली–४, एमाले सचिव महेश बस्नेत– भक्तपुर–२ बाट सिफारिस हुनुभएको छ ।

     त्यस्तै, एमाले नेताहरू प्रदीप ज्ञवाली–गुल्मी–१, ईश्वर पोखरेल–काठमाडौँ–५, लीलानाथ श्रेष्ठ–सिरहा–३, अजय गुप्ता–रौतहट–१, हरि उप्रेती–सर्लाही–३, तिलक महत–नवलपुर–२, मिलन गुरुङ–गोरखा–२, बद्री मैनाली–नुवाकोट–१, सूर्य ढकाल–बाँके–१, दलबहादुर सुनार–बाँके–३, विश्राम चौधरी–कपिलवस्तु–१, सुहाङ नेम्वाङ–इलाम–२, लक्ष्मी महतो कोइरी–महोत्तरी–१ सिफारिस हुनुभएको छ ।

    साथै, प्रतिनिधिसभा निर्वाचनका लागि सिफारिस हुनुभएका नेताहरूमा ध्रुव शाही–सुर्खेत–१, कलाधर देवकोटा–सुर्खेत–२, गुलाबजङ्ग शाह–सल्यान, मणिराम फुयाल–काठमाडौँ–२ (प्रस्ताव), दामोदर भण्डारी–बैतडी,गणेश ठगुन्ना–दार्चुला रहनुभएको छ ।

    सचिव बस्नेतका अनुसार अन्य केही निर्वाचन क्षेत्र र जिल्लाहरूले पनि सर्वसम्मत रूपमा एकल नाम चयन गरिसकेका छन्भने केही स्थानमा उम्मेदवार छनोटको प्रक्रिया अझै जारी छ । सबै जिल्ला र निर्वाचन क्षेत्रबाट आएका सिफारिस केन्द्रमा पुगेपछि उम्मेदवारको अन्तिम टुङ्गो लगाउने छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरको सिएमएस रोडमा खुल्यो अर्गानिक सप ‘आहार’
    सेल्सबेरी चितवनको दोस्रो शाखा भरतपुरको बुद्धचोकमा, दुवै शाखाबाट १५ प्रतिशतसम्म छुट
    आदिवासी जनजाति राज्यका गहना हुन्ः मन्त्री तामाङ
    • जनप्रतिनिधि जनताको सेवक हो, शासक होइनः स्वास्थ्य मन्त्री तामाङ
    • मासु जाँच ऐनः उद्देश्य सही, कार्यान्वयन किन हतारमा ?
    • चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण
    • विश्वमा प्रतिव्यक्ति १८५ अण्डा खपत हुँदा नेपालमा ६९ मात्रै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.