सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

किसान र उपभोक्तालाई जोड्दै हेलम्बुको स्थानीयबजार


  •    न्युजभित्तो/२१ पुष २०८२, सोमबार ११:५४ 
  • चौतारा, २१ पुस । सिन्धुपाल्चोकको हेलम्बु  गाउँपालिका–३ स्थित  पाल्चोक मन्दिरमा सुरुआत गरिएको स्थानीयबजारले स्थानीय किसान र उपभोक्तालाई प्रत्यक्ष रूपमा जोड्ने काम गरेको छ । 

    स्थानीय उत्पादनको संरक्षण, प्रबद्र्धन र बजारीकरण  भन्ने मूल नाराकासाथ पाल्चोकी माई मन्दिर दर्शन गर्न आउने भक्तजनलाई लक्षित गर्दै हेलम्बु गाउँपालिका र मन्दिर व्यवस्थापन समितिको समन्वयमा शनिबारदेखि स्थानीयबजारको सुरु गरिएको हो ।

    स्थानीयस्तरमा उत्पादन भएका शुद्ध अर्गानिक कृषि उपज बिचौलियाबिना नै प्रत्यक्षरूपमा हाटबजारमा बिक्री गर्न पाउँदा किसान निकै खुसी देखिएको हाटबजार व्यवस्थापन समिति संयोजक गोपाल गिरी बताउनुभयो ।

      उहाँले हाटबजारमा किसानले काउली, मुला, साग, सुन्तला, किबी, फर्सी, लप्सी, सिस्नु, सिमी, सिलाम, कागती, गहत, मकै, जौ, फापरको पिठो, प्याजको बिरुवा, हरियो सिमी, चिया, एभोकाडो, स्कुस, सिन्की अमला, खोलेसागलगायत विभिन्न कृषि उपज राख्ने गरेको  जानकारी दिनुभयो ।  

    यो हाटबजारलाई निरन्तर सञ्चालन गर्ने योजना रहेको हेलम्बु गाउँपालिकाको अध्यक्ष निमाग्याल्जेन शेर्पा बताउनुभयो ।  यसबाट पाल्चोक तथा आसपासका किसानलाई प्रत्यक्ष फाइदा पुग्ने विश्वास उहाँको छ । 

     हेलम्बु गाउँपालिकाकै पहिलो स्थानीयबजारका रूपमा सुरु भएको यो बजार हरेक शनिबार बिहान ८ बजेदेखि दिउँसो २  बजेसम्म सञ्चालन हुनेछ । सुरुआती चरणमै किसानको उत्साहजनक सहभागिता देखिनु यस हाटबजारको सकारात्मक सङ्केत मानिएको शेर्पाले जानकारी दिनुभयो । 

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मन्त्री बादी र राजदूत अन्स्र्टबीच शिष्टाचार भेट
    गड्यौला मल बेचेर लाखौँ आम्दानी गर्दै
    माग बढेसँगै अण्डाको समर्थन मूल्य बढ्यो
    • अनावश्यक ग्यासको सिलिण्डर भण्डारण नगर्न आग्रह , स्थानीय प्रशासनद्वारा वितरणमा सहजीकरण
    • हात्ती र गोही प्रजनन् केन्द्रमा निःशुल्क प्रवेश
    • प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट
    • सरकारलाई जिम्मेवार बनाउने गरी प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गरिरहेका छौँः सभापति थापा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.