सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

झापामा हात्तीबाट बाली जोगाउन गस्ती टोली परिचालन


  •    न्युजभित्तो/२१ पुष २०८२, सोमबार ११:४८ 
  • बनियानी, २१ पुस । झापामा जङ्गली हात्तीबाट पीडित बनेका परिवारलाई रू एक करोड ३७ लाख बढी राहत उपलब्ध गराइएको छ । जिल्लामा चालु आर्थिक वर्षको हालसम्म आठ सय ८३ हात्तीपीडितलाई रू एक करोड ३७ लाख ३८ हजार ६४ राहत उपलब्ध गराइएको डिभिजन वन कार्यालयका वन अधिकृत हिमाल पाठकले जानकारी दिनुभयो । यस वर्ष हात्तीको आक्रमणमा परी जिल्लामा चार जनाले ज्यान गुमाएका छन्, भने एउटा हात्ती मृत फेला परेको उहाँले बताउनुभयो ।

    हात्तीको आक्रमणबाट सख्त खाइते दुई जनालाई रू चार लाख, मृतक चार जनाको परिवारलाई रू ४० लाख, १० वटा पशुधन क्षतिवापत रू एक लाख, एक सय ८४ परिवारले भण्डार गरेको अन्नमा क्षति भएबापत रू १४ लाख ५३ हजार सात सय ६४, दुई सय ३५ वटा घरगोठमा क्षति भएबापत रू ३७ लाख २२ हजार तीन सय र चार सय ४८ किसानको अन्नबालीमा क्षति पु¥याएबापत रू ४० लाख ६२ हजार क्षतिपूर्ति उपलब्ध गराइएको डिभिजन वन कार्यालय झापाले जनाएको छ ।

    राहत उपलब्ध गराइएकामध्ये गत आर्थिक वर्ष २०८१÷८२ का सात सय दुई जना रहेका छन् भने चालु आवमा हात्तीबाट पीडित बनेका एक सय ८१ जनालाई राहत प्रदान गरिएको हो थप ११ परिवारलाई रू २१ लाख राहतका लागि सिफारिस गरिएको छ । केही दिनमै उनीहरुलाई समेत राहत रकम उपलब्ध गराइने पाठकले बताउनुभयो ।

    राहत प्रक्रियालाई सहज बनाउन जिल्लाका चार स्थानमा रहेको सब डिभिजन कार्यालयबाट पीडितले निवेदन व्यवस्था गरिएको छ । मेची सब डिभिजन, कनकाई सब डिभिजन, जलथल सब डिभिजन र दमक सब डिभिजनबाट वन्यजन्तु पीडितले सरकारले उपलब्ध गराउने राहतका लागि निवेदन दिन सक्ने पाठकले बताउनुभयो ।

    राहत प्रक्रिया झन्झटिलो भएकालेसमेत समयमै राहत वितरण गर्न नसकिएको वन कार्यालयका कर्मचारी बताउँछन् । हात्तीको आक्रमणबाट ज्यान गुमाउनेको परिवारलाई जनही रू १० लाख, घाइतेलाई अधिकतम रू दुई लाख, चौपाया, अन्नबाली र भौतिक संरचना क्षतिको भएको हकमा क्षतिको आधारमा क्षतिपूर्ति उपलब्ध गराउँदै आइएको छ ।

    क्षति घटाउन गस्ती

    डिभिजन वन कार्यालयले हात्तीबाट धानबाली जोगाउन र क्षति न्यूनीकरणका लागि गस्ती टोली परिचालन गरेको थियो । यसका कारण अघिल्लो वर्षको तुलनामा यस वर्ष कम क्षति भएको वन अधिकृत पाठकले बताउनुभयो “धानबाली जोगाउन र भारतबाट हात्ती प्रवेश रोक्न वन रक्षकको टोली परिचालन गरेका थियौँ”, उहाँले भन्नुभयो, “जसका कारण अघिल्लो वर्षभन्दा कम क्षति भएको छ ।” मानवीय क्षति हुन नदिने मुख्य उद्देश्य रहेको बताउनुहुँदै उहाँले भन्नुभयो, “अब मकैको सिजनमा पनि पुनः गस्ती हुन्छ ।”

    गाडीसहित सात जना सशस्त्र वन रक्षकको टोलीले मेचीनगरस्थित मेची नदीमा गस्ती गरेर हात्ती प्रवेश रोक्ने, हात्ती प्रवेशबारे जानकारी दिने, हात्ती उतै फर्काउने काम गर्ने गरेका छन् । जिल्लामा मानव–हात्तीद्वन्द्व न्यूनीकरणका लागि विद्युतीय तारवार, जैविक मार्ग निर्माण, वन क्षेत्रमा हात्ती आहाल (पोखरी निर्माण), फलफूलका बिरुवा रोपण, गस्ती लगायतका क्रियाकलाप हुँदै आए पनि मानव हात्तीद्वन्द्व न्यूनीकरण हुन सकेको छैन ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्‍याइने
    मन्त्री बादी र राजदूत अन्स्र्टबीच शिष्टाचार भेट
    गड्यौला मल बेचेर लाखौँ आम्दानी गर्दै
    • माग बढेसँगै अण्डाको समर्थन मूल्य बढ्यो
    • अनावश्यक ग्यासको सिलिण्डर भण्डारण नगर्न आग्रह , स्थानीय प्रशासनद्वारा वितरणमा सहजीकरण
    • हात्ती र गोही प्रजनन् केन्द्रमा निःशुल्क प्रवेश
    • प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.