सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पर्यटक बढेसँगै ठोरीमा होटल तथा रिसोर्ट खुल्न थाले


  •    न्युजभित्तो/२१ पुष २०८२, सोमबार ११:४४ 
  • वीरगञ्ज (पर्सा), २१ पुस । पर्साको ठोरीमा भारतीय र स्वदेशी पर्यटकको आवागमन बढेसँगै होटल तथा रिसोर्टमा लगानी बढेको छ । ठोरी पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गएपछि झण्डै एक दर्जनको हाराहारीमा होटल तथा रिसोर्ट सञ्चालनमा आइसकेका छन् ।

    कलाकार तथा होटल व्यवसायी सुशान्तसिंह ठकुरीले पनि  यहाँ आउने पर्यटकलाई लक्षित गर्दै रेष्टुरेन्टलाई सुविधासम्पन्न रिसोर्टको विस्तारमा जुटेको बताउनुभयो । “हामीले यहाँ चार वर्षदेखि रेष्टुरेन्ट सञ्चालन गरिरहेका थियौँ, पछिल्लो समय पर्यटक बढेसँगै नेचर रिसोर्ट गरिरहेका छौँ”, उहाँले भन्नुभयो । 

    ठकुरीले रिसोर्ट निर्माणका लागि करिब चार करोड लगानी गरिएको बताउनुभयो । ठोरीमा भारतीय र स्वदेशी पर्यटकको  आवागमनले यहाँको व्यापार बढेको उहाँको भनाइ छ । उहाँका अनुसार चार वर्ष अघिसम्म ९० प्रतिशत भारतीय पहुना र १० प्रतिशत स्वदेशी पहुना आउने गर्नुहुन्थ्यो । तर, अहिले यहाँ ७० प्रतिशत भारतीय पहुना र ३० प्रतिशत स्वदेशी पाहुना आउन थालेका छन् । 

    त्यस्तै पछिल्लो समय वीरगञ्जका व्यवसायी जिम्दार राउतकुर्मी र धमेन्द्र पटेलले पनि  ठोरीमा स्वीमिङपुलसहितको लर्डस अफ ठोरी होटल सञ्चालनमा ल्याउने तयारीमा हुनुहुन्छ । 

    “ठोरीमा घुम्न आउने पर्यटकको बसाई लम्बाउनका लागि व्यवस्थित खालको आवासीय होटलको अभावलाई परिपूर्ति गर्नका लागि होटल सञ्चालनमा ल्याएका हौं”, उहाँले भन्नुभयो, “अहिले पनि ठोरीमा राम्रो बस्नलायक होटलको अभावलाई यसले टेवा पुग्ने विश्वास लिएका छौं ।” अहिले ठोरीमा झण्डै साना–ठूला गरेर करिव डेढ दर्जन होटल तथा रिसोर्टमा रु ५० करोडभन्दा धेरै लगानी भइसकेको व्यवसायीहरु बताउँछन् । 

    पछिल्लो समय ठोरी बाह्रैमास व्यापार हुने पर्यटकीय गन्तव्य बनेको छ । भारतीय मात्र होइन, पर्सा आसपासका स्वदेशी पर्यटक पनि ठोरी आउने गरेका छन् । ठोरीमा राईधारा, सेतो पहाड, गोलेडाँडा, रातो पहाड, सिनेही पहाड, ‘स्टोनपार्क’ रानीवन, अमृतधारा, चिसापानी, सीतागुफा, वनशक्ति मन्दिर, बाघमोर्चा मन्दिर, सिकारीबासलगायत करिब ५० पर्यटकीयस्थल छन् । 

    सुवर्णपुरमा मधेश प्रदेशको पहिलो घरबास ९होमस्टे० सञ्चालनमा छ । ठोरी गाउँपालिका(२ स्थित भ्युटावरबाट सूर्योदय र सूर्यास्त हेर्न धेरै पर्यटक जाने गरेका छन् । ठोरी तीनवटा राष्ट्रिय निकुञ्जको सङ्गमस्थल हो । वन्यजन्तु तथा वनस्पतिको अवलोकन गर्न प्रकृतिप्रेमी पर्यटक पनि त्यहाँ जाने गरेका छन् । 

    भारतको सीमावर्ती सहर जमुनिया, नरकटियागञ्ज, रामनगर, रक्सौल, सुगौली, मुजफ्फरपुर र पटनालगायत सहरबाट पर्यटक ठोरी आउने गरेका पर्यटन व्यवसायी ठकुरीले बताउनुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्‍याइने
    मन्त्री बादी र राजदूत अन्स्र्टबीच शिष्टाचार भेट
    गड्यौला मल बेचेर लाखौँ आम्दानी गर्दै
    • माग बढेसँगै अण्डाको समर्थन मूल्य बढ्यो
    • अनावश्यक ग्यासको सिलिण्डर भण्डारण नगर्न आग्रह , स्थानीय प्रशासनद्वारा वितरणमा सहजीकरण
    • हात्ती र गोही प्रजनन् केन्द्रमा निःशुल्क प्रवेश
    • प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.