सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोटगढीको संरक्षण र प्रवर्द्धन गर्दै पौवादुङमा गाउँपालिका


  •    न्युजभित्तो/२० पुष २०८२, आईतवार १६:४० 
  • भोजपुर, २० पुस । भोजपुरको पौवादुङमा गाउँपालिकाले ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको कोटगढी क्षेत्रको संरक्षण र प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै योजनाबद्ध विकासको काम अघि बढाएको छ । आन्तरिक पर्यटनको सम्भावनालाई उपयोग गर्दै स्थानीय अर्थतन्त्र सबल बनाउने उद्देश्यसहित गाउँपालिकाले उक्त क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न थालेको हो ।

    गाउँपालिकाको सदरमुकाम नजिकै अवस्थित कोटगढी क्षेत्रमा पुग्न सहज पहुँच सुनिश्चित गर्न पालिकाको रु ३५ लाख बजेट र २० प्रतिशत स्थानीय श्रमदानको सहभागितामा सिँढीसहित पदमार्ग निर्माण गरिएको छ । यसले स्थानीय बासिन्दा तथा आगन्तुकलाई सुरक्षित र सहज आवागमनको सुविधा उपलब्ध गराएको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिनुभयो ।

    अध्यक्ष राईका अनुसार कोटगढी ऐतिहासिक दृष्टिले महत्वपूर्ण क्षेत्र भएकाले यसको संरक्षणसँगै पर्यटनसँग जोडेर विकास गर्न गाउँपालिकाले विशेष योजना बनाएर काम गरिरहेको छ । “कोटगढी आफैँमा ऐतिहासिक सम्पदा हो”, उहाँले भन्नुभयो, “स्थानीय सरकारले यसको संरक्षण गर्दै पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्यका साथ काम गरिरहेको छ । पूर्वाधार विकाससँगै प्रचारप्रसारमा ध्यान दिइरहेका छौँ ।”

    यस क्षेत्रको धार्मिक तथा सांस्कृतिक महत्वलाई थप मजबुत बनाउने उद्देश्यले सङ्घीय सांसद लक्ष्मी राईको संसद् विकास कोषबाट प्राप्त रु एक लाख सहयोगमा कोटगढी परिसरमा मन्दिर निर्माण गरिएको छ । पदमार्ग र मन्दिर निर्माणपछि आन्तरिक पर्यटक, धार्मिक श्रद्धालु तथा इतिहास प्रेमीहरूको आवागमनमा उल्लेख्य वृद्धि भएको स्थानीयवासीले बताएका छन् ।

    गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले पौवादुङमा गाउँपालिकाभित्र रहेका पर्यटकीय, धार्मिक तथा ऐतिहासिकस्थलको एकीकृत विकासमा जोड दिइएको बताउनुभयो । “गाउँपालिकाभित्र रहेका सम्भावनायुक्त क्षेत्रको पहिचान गरी योजनाबद्ध रूपमा विकास गर्ने नीति लिएका छौँ”, उहाँले भन्नुभयो, “कोटगढीजस्ता ऐतिहासिकस्थलको संरक्षणले पर्यटन प्रवर्द्धनका साथै रोजगारीका अवसर सिर्जना गर्ने अपेक्षा लिएका छौँ ।”

    स्थानीयका अनुसार कोटगढी क्षेत्रको संरक्षण तथा पूर्वाधार विकासपछि यस क्षेत्रको पहिचान थप उजागर हुन थालेको छ । यसले नयाँ पुस्तालाई स्थानीय इतिहास, संस्कृति र पहिचानबारे जानकारी गराउने अवसरसमेत प्रदान गरेको प्रमुख प्रशासकीय अधिकृत भट्टराईले धारणा राख्नुभयो ।

    आगामी दिनमा थप पूर्वाधार, विश्रामस्थल तथा प्रचारप्रसारका कार्यक्रम सञ्चालन गर्नसके कोटगढी क्षेत्र भोजपुर जिल्लाकै महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुने विश्वास स्थानीयवासीले व्यक्त गरेका छन् । ऐतिहासिक सम्पदाको संरक्षण गर्दै पर्यटनसँग जोडेर विकास गर्ने स्थानीय सरकारको पहलले पौवादुङमा गाउँपालिकाको समग्र सामाजिक तथा आर्थिक विकासमा सकारात्मक प्रभाव पारेको स्थानीयको भनाइ छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्‍याइने
    मन्त्री बादी र राजदूत अन्स्र्टबीच शिष्टाचार भेट
    गड्यौला मल बेचेर लाखौँ आम्दानी गर्दै
    • माग बढेसँगै अण्डाको समर्थन मूल्य बढ्यो
    • अनावश्यक ग्यासको सिलिण्डर भण्डारण नगर्न आग्रह , स्थानीय प्रशासनद्वारा वितरणमा सहजीकरण
    • हात्ती र गोही प्रजनन् केन्द्रमा निःशुल्क प्रवेश
    • प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.