सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विदेशबाट फर्किएर कुखुरापालन, मासिक एक लाख आम्दानी


  •    न्युजभित्तो/२० पुष २०८२, आईतवार १५:२१ 
  • तनहुँ, २० पुस । व्यास नगरपालिका–१ रतौलीका अर्जुनबहादुर बस्नेत विदेशबाट फर्किएपछि यतिबेला स्वदेशमा व्यावसायिक कुखुरापालनमा रमाउनु भएको छ । दुबईमा १७ वर्षसम्म जागिर गरी स्वदेश फर्किएर उहाँले कुखुरापालनबाट विदेशमा भन्दा राम्रो कमाइ गर्दै आउनुभएको हो । 

    कुखुराको अण्डा बिक्री गरेर मासिक रु एक लाख आम्दानी लिँदै आएको उहाँले बताउनुभयो । विदेशमा रहँदा कोरोनाका समयमा बुवाको निधन भएको नौ महिनापछि घर फर्किनु भएका बस्नेतले पाँच वर्षअघि यो व्यवसाय सुरु गर्नुभएको थियो । विदेशमा पाएको आम्दानीभन्दा स्वदेशमा बसेर दोब्बर कमाइ गर्न सकिन्छ भन्ने उदाहरणसमेत प्रस्तुत गर्न सफल भएका छन् । 

    उहाँले सञ्चालन गर्दै आउनुभएको ‘बस्नेत ब्रोइलर पोल्ट्री एण्ड एग फार्म’मा हाल दुई हजार लेयर्स कुखुरा छन् । सुरुमा रु ३० लाख लगानीमा छ रोपनीमा दुई आधुनिक ट्रष्ट निर्माण गरी व्यावसायिक रूपमा कुखुरापालन व्यवसाय सुरु गर्नुभएका बस्नेतले राम्रो आम्दानी गर्दै आउनुभएको छ ।  

    दैनिक एक हजार ८०० अण्डा उत्पादन हुने यो फार्मबाट महिनामा पाँच लाख बढीको कारोबार हुने गरेको छ । दाना, औषधि तथा श्रम खर्च कटाएर एक लाखभन्दा आम्दानी हात पर्न थालेको बस्नेतले बताउनुभयो । उहाँले भन्नुभयो, “दुबईमा महिनामा रु ६० हजार आउँथ्यो, अहिले गाउँमै परिवारको साथमा बसेर विदेशको न्दा दोब्बर फाइदा भइरहेको छ ।” 

    कुखुरा व्यवसायबाट उत्पादन हुने ठूला दाना ९क्रेड० स्थानीय बजारमा प्रतिथान ५०० मा बिक्री हुँदै आएका छन् । जोखिमयुक्त मानिने कुखुरापालनमा किसानलाई टिकाइराख्न सरकारले दाना उत्पादनमा प्रत्यक्ष अनुदान दिनुपर्नेमा बस्नेतको जोड छ । “पूर्वाधारमा मात्र अनुदान दिएर काम हुँदैन । दानामा सहयोग भयो भने किसान टिकाउ हुन्छन्, राज्यको लगानी पनि सुरक्षित हुने”, उहाँले भन्नुभयो । 

    श्रीमती मधुमाया बस्नेतको निरन्तर साथमा फार्म चलाउनुभएका अर्जुन भन्नुहुन्छ, “कुखुराको मल प्रयोग गरेदेखि तोरी पनि राम्रो फलेको छ कि तेल किन्नु परेको छैन, तरकारी पनि बजारबाट ल्याउनुपरेको छैन ।” व्यास नगरपालिकाले इनार निर्माणका लागि रु २५ हजार र कुखुरा खरिदका लागि रु ५० हजार गरी ७५ हजार सहयोग गरेको व्यास–१ का वडासदस्य मणिजंग बस्नेतले बताउनुभयो । 

    चितवनबाट चल्ला ल्याएर सुरु गरिएको यो व्यवसाय अहिले गाउँमै रोजगारी, आम्दानी र आत्मनिर्भरता अभिवृद्धिको उदाहरण बन्ने गरेको छ । विदेशमै भविष्य खोज्नुपर्ने बाध्यता हटाउँदै गाउँमै बसेर स्थिर आम्दानी गर्न सकिन्छ भन्ने प्रेरणादायी सन्देश बस्नेतको सफलताले दिएको कार्कीले बताउनुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्‍याइने
    मन्त्री बादी र राजदूत अन्स्र्टबीच शिष्टाचार भेट
    गड्यौला मल बेचेर लाखौँ आम्दानी गर्दै
    • माग बढेसँगै अण्डाको समर्थन मूल्य बढ्यो
    • अनावश्यक ग्यासको सिलिण्डर भण्डारण नगर्न आग्रह , स्थानीय प्रशासनद्वारा वितरणमा सहजीकरण
    • हात्ती र गोही प्रजनन् केन्द्रमा निःशुल्क प्रवेश
    • प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.