सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सशस्त्र प्रहरी दिवसमा गड्डाचौकीबाट ‘पूर्व-पश्चिम झण्डा मार्च’ सुरु


  •    न्युजभित्तो/२० पुष २०८२, आईतवार १२:३८ 
  • महेन्द्रनगर, २० पुस । सशस्त्र प्रहरी बल नेपालको २५औँ सशस्त्र प्रहरी दिवसका अवसरमा आज बिहान कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीबाट पूर्व–पश्चिम झण्डा मार्च सुरु भएको छ । रजत जयन्तीका अवसरमा पश्चिमी नाका गड्डाचौकीबाट राष्ट्रिय एकता, देशभक्ति र सुरक्षा चेतना अभिवृद्धि गर्ने उद्देश्यसहित सशस्त्र प्रहरी बलले झण्डा मार्च सुरु गरिएको सशस्त्र प्रहरी बल वैद्यनाथ बाहिनी अत्तरियाले जनाएको छ ।

    आज बिहान कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइराला र सशस्त्र प्रहरी बल वैद्यनाथ बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रदीप पालले मार्च शुभारम्भ गर्नुभयो । सशस्त्र प्रहरी बलको भूमिकाबारे जनस्तरमा जानकारी गराउने र राष्ट्रप्रति समर्पणको भावना सुदृढ बनाउने लक्ष्यका साथ उक्त झण्डा मार्च थालिएको हो ।

    सशस्त्र प्रहरी बल नेपालले शान्ति, सुरक्षा र विपद् व्यवस्थापनमा पु¥याउँदै आएको योगदानलाई स्मरण गराउँदै आगामी दिनमा अझ प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । सङ्गठनभित्रको समन्वय, टोलीको भावना सुदृढ गर्ने, सीमा क्षेत्रका नागरिक, स्थानीय तह तथा सरोकारवाला निकायसँग जनसम्पर्क अभिवृद्धि गर्न सशस्त्र प्रहरीले मार्चपास आयोजना गरेको जनाएको छ ।

    त्यस अवसरमा सशस्त्र प्रहरी बल नेपाल सुदूरपश्चिम बाहिनी प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रदीपकुमार पालले सशस्त्र प्रहरीले स्थापनाकालदेखि नै देश र देशवासीको सुरक्षा तथा हितमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै बताउनुभयो । “सङ्क्रमणकालदेखि हालसम्म देखिएका विभिन्न सुरक्षा चुनौतीहरूलाई राज्यले दिएको कार्यदेशअनुसार सामना गर्दै आएको छ”, उहाँले भन्नुभयो, “सशस्त्र प्रहरी बल सक्षम र भरपर्दो सुरक्षा निकायका रूपमा स्थापित हँुदै गएको छ ।”

    पश्चिमबाट सुरु भएको मार्च आगामी मङ्गलबार कैलाली त्यसपछि सुदूरपश्चिम सशस्त्र प्रहरी बलले शुक्रबार बर्दियालाई हस्तान्तरण गर्नेछ । बाहिनीपति पालले सीमाक्षेत्र हुँदै ३५ जनाको टोली पैदल मार्चमा सहभागी भएको छ । मार्चको १९औँ दिनमा पश्चिमी नाका गड्डाचौकी र पूर्वको झापाबाट आएको सशस्त्र प्रहरी बल नेपालको टोलीबीच नवलपुरमा भेट हुने जनाएको छ । मार्च शुभारम्भमा भीमदत्त नगरपालिकाका नगरप्रमुख निलम लेखक र जिल्ला सुरक्षा समितिका पदाधीकारीहरुकोसमेत सहभागिता थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रमुख निर्वाचन आयुक्त र महानिरीक्षकबीच भेट : निर्वाचन सुरक्षाबारे छलफल
    शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्‍याइने
    मन्त्री बादी र राजदूत अन्स्र्टबीच शिष्टाचार भेट
    • गड्यौला मल बेचेर लाखौँ आम्दानी गर्दै
    • माग बढेसँगै अण्डाको समर्थन मूल्य बढ्यो
    • अनावश्यक ग्यासको सिलिण्डर भण्डारण नगर्न आग्रह , स्थानीय प्रशासनद्वारा वितरणमा सहजीकरण
    • हात्ती र गोही प्रजनन् केन्द्रमा निःशुल्क प्रवेश

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.