सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भूमिहीन दलित, भूमिहीन सुकुम्बासीको विवरण सङ्कलन सुरु


  •    न्युजभित्तो/२० पुष २०८२, आईतवार १२:०१ 
  • बैतडी, २० पुस । भूमि समस्या समाधान आयोगका जिल्ला समितिहरु पुनः सक्रिय भएका छन् ।

    आयोग खारेज गर्ने सरकारको निर्णय सर्वेच्च अदालतले बदर गरिदिएपछि जिल्लास्तरमा पुनः काम सुरु भएको भूमि समस्या समाधान आयोग जिल्ला समितिका अध्यक्ष रमेश पाण्डेयले जानकारी दिनुभयो । जिल्ला समन्वय समितिका प्रमुख खगेन्द्रसिंह धामी, प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलसमेतको उपस्थितिमा बसेको जिल्ला समितिको बैठकले आगामी माघ २५ गतेभित्र भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीको विवरण उपलब्ध गराउन पालिकाहरूलाई पत्राचार गर्ने निर्णय गरेको छ ।

    सोही निर्णयका आधारमा जिल्लाका १० वटै स्थानीय तहलाई पत्राचार गरिएको समिति सदस्यसचिव एवं नापी कार्यालयका प्रमुख विनोदप्रसाद भट्टले बताउनुभयो ।

    पालिकाहरूलाई पठाएको पत्रमा सबै वडाबाट सङ्कलित आवेदन आयोगको कम्प्युटर प्रणालीमा प्रविष्ट गर्ने, वडा तथा स्थानीय तह सहजीकरण समिति गठन गर्ने, कार्यविधिबमोजिम दाबीविरोधका सूचना टाँस गरी आवेदनमाथि आवश्यक छानबिन गरी प्रमाणीकरण गर्ने, मागबमोजिम प्रमाणीकरण नभएका आवेदनहरूको सूची टाँस गर्ने, भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई नियमानुसार उपलब्ध गराउन सकिने जग्गाको विवरण एकिन गरी कार्यपालिकाबाट निर्णय गर्नेलगायत काम गर्ने, वडा तह तथा कार्यपालिकाबाट सूचना एवं निर्णय प्रमाणीकरण भएका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीको विवरण जिल्ला समितिमा उपलब्ध गराउनुपर्ने उल्लेख गरिएको छ ।

    स्थानीय तहहरूबाट विवरण उपलब्ध भएपछि आयोगको जिल्ला समितिले अन्य काम अघि बढाउने जनाएको छ । समितिले भूमिहीन सुुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोवासीलाई लालपुर्जा वितरण गर्नेसम्मको अधिकार पाएको छ । जिल्लामा अहिलेसम्म तीन हजार जनाको आवेदन दर्ता भएको र साढे तीन हजारको हाराहारीमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी रहेका अनुमान गरिएको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रमुख निर्वाचन आयुक्त र महानिरीक्षकबीच भेट : निर्वाचन सुरक्षाबारे छलफल
    शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्‍याइने
    मन्त्री बादी र राजदूत अन्स्र्टबीच शिष्टाचार भेट
    • गड्यौला मल बेचेर लाखौँ आम्दानी गर्दै
    • माग बढेसँगै अण्डाको समर्थन मूल्य बढ्यो
    • अनावश्यक ग्यासको सिलिण्डर भण्डारण नगर्न आग्रह , स्थानीय प्रशासनद्वारा वितरणमा सहजीकरण
    • हात्ती र गोही प्रजनन् केन्द्रमा निःशुल्क प्रवेश

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.