सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

समुदायस्तरमै रोगको शीघ्र पहिचान र नियन्त्रणका लागि निर्देशिका जारी


  •    न्युजभित्तो/१८ पुष २०८२, शुक्रबार १७:२३ 
  • काठमाडौँ, १८ पुस । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘समुदायमा आधारित रोग निगरानी निर्देशिका, २०८२’ जारी गरेको छ । स्वास्थ्य मन्त्रालयले आज सार्वजनिक गरेको निर्देशिका मन्त्रीस्तरबाट २०८२ मङ्सिर १४ गते स्वीकृत भएको हो । 

    निर्देशिका कार्यान्वयनले जलवायु परिवर्तन र नयाँ सङ्क्रामक रोगको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै समुदायस्तरमै रोगको शीघ्र पहिचान र नियन्त्रणका लागि महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

    यसैगरी नसर्ने रोगको शीघ्र पहिचानका लागि समुदायमा देखिने अनपेक्षित जनस्वास्थ्य घटना र सङ्क्रामक रोगहरूको तत्काल पहिचान गर्नाका साथै महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, शिक्षक र सामाजिक अगुवामार्फत स्वास्थ्य संस्थामा २४ घण्टाभित्र द्रुत सूचना प्रवाह गर्ने उल्लेख छ ।

    यस्तै, आधुनिक ‘डिजिटल’ प्रणालीमार्फत तथ्याङ्क सङ्कलन र विश्लेषण गर्ने, सङ्घ, प्रदेश र स्थानीय सरकारबीच प्रभावकारी समन्वय र जिम्मेवारी बाँडफाँड गरी तीन तहबीच समन्वय गर्ने पनि निर्देशिकामा भनिएको छ । जोखिमका आधारमा तत्काल ‘रेस्पोन्स’ टोली परिचालन गरिने जनाइएको छ ।

    समुदायमा कुनै अनपेक्षित स्वास्थ्य समस्या देखिएमा तुरुन्त नजिकैको स्वास्थ्य संस्था वा ‘हेलो स्वास्थ्य’ को नम्बर १११५ मा जानकारी गराउन मन्त्रालयले अनुरोधसमेत गरिएको जनाएको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाको मतदान सम्पन्न
    दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
    दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात: स्वास्थ्य मन्त्रालय
    • बालबालिका विरुद्धको हिंसा अन्त्य गर्न दक्षिण एसियाली मन्त्रीस्तरीय सम्मेलनको जोड
    • आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी
    • महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ: सञ्चारमन्त्री तिमिल्सिना
    • आलेखः दुर्लभ चरा खोज्दै र चिनाउँदै संरक्षणकर्मी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.