सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आलोपालो दिवा खाजा बनाउँछन् भाग्योदयका अभिभावक


  •    न्युजभित्तो/१८ पुष २०८२, शुक्रबार १४:४३ 
  • वालिङ (स्याङ्जा), १८ पुस । स्याङ्जाको भीरकोट नगरपालिका–६ उजेलीडाँडामा रहेको भाग्योदय माध्यमिक विद्यालयका अभिभावकले विद्यालयमै उपस्थित भएर दिवा खाजा बनाउने गरेका छन् ।

    नेपाल सरकारले बाल सिकाइदेखि कक्षा ६ सम्मका विद्यार्थीलाई निःशुल्क दिवा खाजा उपलब्ध गराएकाले अभिभावकले आलोपालो विद्यालयमा उपस्थित भएर खाजा बनाएर खुवाउने गरेका हुन् । विद्यालयमा बाल विकासदेखि कक्षा ६ सम्मका बालबालिकालाई दिवा खाजा पकाउनका लागि छुट्टै चमेना गृह सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक रेशम खनालले बताउनुभयो ।

    “बाल विकासदेखि कक्षा ६ सम्म अध्ययन गर्ने विद्यार्थीलाई छ बार छ प्रकारका खाना बनाउनका लागि विद्यालयले एकजना भान्से नियुक्त गरेको छ”, उहाँले भन्नुभयो, “एक जना भान्सेले मात्रै सबै विद्यार्थीलाई खाना बनाएर खुवाउन अप्ठ्यारो हुने भएकाले अभिभावकहरुले सहयोग गर्दै आउनुभएको छ ।”

    विद्यालयले दिवा खाजाको व्यवस्थापनका लागि अभिभावकको भेला राखेर प्रत्येक दिन तीन जना अभिभावक विद्यालयमा उपस्थित भएर दिवा खाना, खाजा बनाउने निर्णय गरेसँगै अभिभावक नियमित आउने गर्नुभएको उहाँले बताउनुभयो । विद्यालयले अभिभावकको नामावली सहितको तालिका बनाएर दिवा खाजा बनाउन अभिभावकलाई जानकारी गराउँदै आएको छ ।

    बाल विकासदेखि कक्षा ६ सम्म अध्ययनरत बालबालिकालाई प्राप्त भएको दिवा खाजाबापतको रकमले खाजा खुवाउन पनि अपुग हुने भएकाले विद्यालयले आन्तरिक व्यवस्थापन गरी अघाउन्जेल खाना, खाजा खुवाउने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छायाराम खनालले बताउनुभयो ।

    “आइतबारदेखि शुक्रबारसम्म बालबालिकालाई बारअनुसार फरक फरक खाना, खाजाका परिकार बनाएर खुवाउँछौँ,” उहाँले भन्नुभयो, “अभिभावकहरुले आलोपालो विद्यालयमा उपस्थित भएर खाना, खाजा बनाएर सहयोग त गर्नुभएकै छ, त्यसको अलावा मासिक रुपमा रु २०० पनि खाजाबापतको रकम भुक्तानी दिनुहुन्छ ।”

    नमूना विद्यालयका रुपमा रहेको यस विद्यालयले विद्यालय परिसरमै पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत च्याउ, विभिन्न तरकारी र ड्रागन फ्रुटसमेत लगाएको छ । बाल विकासदेखि कक्षा ६ सम्म दैनिक १८५ बालबालिकाले खाना, खाजा खाने गरेका भान्से सरिता रेग्मीले बताउनुभयो ।

    “कुन बार कुन परिकार बनाउने भन्ने तालिका छ सोही अनुसार छुट्टाछुट्टै बार छुट्टाछुट्टै परिकार पकाउने गर्छौं”, उहाँले भन्नुभयो, “धेरै जना विद्यार्थी हुँदा खाना बनाउन, खुवाउन समस्या हुने गरेकाले दैनिक तीन÷तीन जना आलोपालो गरेर अभिभावक आएर खाजा बनाउने खुवाउने गर्छौं ।” सो विद्यालयमा बाल विकासदेखि कक्षा १२ सम्म पढाइ हुने गरेको छ । कक्षा ७ देखि १२ सम्मका विद्यार्थीका लागि खाजाका लागि विद्यालय परिसरमै छुट्टै चमेना गृहको व्यवस्था रहेको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रमुख निर्वाचन आयुक्त र महानिरीक्षकबीच भेट : निर्वाचन सुरक्षाबारे छलफल
    शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्‍याइने
    मन्त्री बादी र राजदूत अन्स्र्टबीच शिष्टाचार भेट
    • गड्यौला मल बेचेर लाखौँ आम्दानी गर्दै
    • माग बढेसँगै अण्डाको समर्थन मूल्य बढ्यो
    • अनावश्यक ग्यासको सिलिण्डर भण्डारण नगर्न आग्रह , स्थानीय प्रशासनद्वारा वितरणमा सहजीकरण
    • हात्ती र गोही प्रजनन् केन्द्रमा निःशुल्क प्रवेश

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.