सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

शैक्षिक अवस्थामा सुधार ल्याउन अतिरिक्त कक्षा


  •    न्युजभित्तो/१८ पुष २०८२, शुक्रबार १४:२९ 
  • मान्म (कालीकोट), १८ पुस । कालीकोटको रास्कोट नगरपालिकाले एसइईमा शैक्षिक सुधार ल्याउनका लागि आवासीय सुविधासहितको अतिरिक्त कक्षा सञ्चालन गरेको छ ।

    नगरपालिकाभित्रका चार माध्यमिक विद्यालयमा एसइई दिने विद्यार्थीका लागि आवासीय सुविधासहित अतिरिक्त कक्षा सञ्चालन गरिएको हो । यही शैक्षिक सत्रमा हुने एसइई नतिजा सुधारका लागि आवासीय सुविधासहित अतिरिक्त कक्षा सञ्चालन गरिएको हो ।

    नगरपालिकाका चारवटै माध्यमिक विद्यालयले यस वर्षदेखि ३०९ विद्यार्थीलाई एसइई तयारीका लागि आवासीय व्यवस्थापन गरेर विद्यालयमै राखेर दिउँसो नियमित पढाइका साथै बिहान बेलुकी थप तयारी कक्षा सञ्चालन गरिरहेको रास्कोट नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख खेमराज शाहीले बताउनुभयो ।

    “विद्यार्थीबाट केही रकम लिएर आवासीय कक्षा सञ्चालन गरिएको छ”, उहाँले भन्नुभयो, “आर्थिक रुपमा विपन्न केही विद्यार्थीलाई विद्यालयले शुल्क मिनाहा पनि गरेका छन् ।”

    बडीमालिका माध्यमिक विद्यालय रास्कोटले ५६ छात्र र ४८ छात्राबाट प्रतिव्यक्ति मासिक रु चार हजार शुल्क, कालाशिल्ला माध्यमिक विद्यालयले ४४ छात्र र ३७ छात्रालाई प्रतिविद्यार्थी मासिक रु चार हजार ९५० शुल्क, जनजागृति माध्यमिक विद्यालय फुकोटले ३७ छात्र र ४४ छात्रालाई मासिक रु चार हजार शुल्क तोकेको प्रमुख शाहीले जानकारी दिनुभयो ।

    त्यस्तै, मोतीराम माध्यमिक विद्यालय सिप्खानाले २० छात्रा र २३ छात्रबाट नगद रु तीन हजार र १५ किलो चामल र दुई किलो दालका दरले शुल्क उठाएर आवासीय सुविधासहित अतिरिक्त कक्षा सञ्चालन गरिएको शाखा प्रमुख शाहीले बताउनुभयो ।

    “नगद तिर्न नसक्ने विद्यार्थीले उक्त मूल्य बराबरको चामल, दाल, तरकारी र दाउरा उपलब्ध गराउनसक्ने व्यवस्था गरेको छ” उहाँले भन्नुभयो, “आवासीय विद्यालयका लागि नगरपालिकाले प्रतिविद्यालय रु दुई लाख तथा द्रुत सिकाइअन्तर्गत प्लान इन्टरनेशनल र हुरेन्डेकको सहकार्यमा सञ्चालित सशक्त बालिका परियोजनाले रु ५० हजारका दरले शिक्षकको पारिश्रमिक र परीक्षण परीक्षाका लागि व्यर्होने छन् ।”

    विद्यार्थीबाट उठाइने शुल्कबाट बिहानको खाजा, खाना, दिउँसोको खाजा र बेलुकीको खानासहित प्रत्येक शनिबार मासु खुवाउने मेनु बनाइएको कालाशिल्ला माध्यमिक विद्यालयका प्रधानाध्यापक देवराज चौलागार्इंले बताउनुभयो । गत वर्ष आफ्नो विद्यालयको एसइई नतिजा कमजोर भएकाले यस वर्ष आवासीय सुविधासहित पढाउन थालिएको नगरपालिकाका प्रमुख धर्मराज शाहीले बताउनुभयो ।

    “नगरको बडिमालिका माध्यमिक विद्यालयले मात्र विगतमा आवासीय रुपमा विद्यार्थी राखेर थप कक्षा सञ्चालन गर्दा नतिजामा सुधार आएकाले यस वर्षदेखि चारवटै माध्यमिक विद्याालयले आवासीय रुपमा विद्यार्थी राखेको हो”, उहाँले भन्नुभयो, “शैक्षिक सुधारमा नगरपालिकाले बिषे प्रकारले कामको थालनी गरेको छ । यसले के नतिजा ल्याउँछ हेर्न बाँकी नै छ ।”

    जिल्लाका नौ स्थानीय तहमध्ये अन्य आठ स्थानीय तहका एसइई परीक्षा दिने विद्यार्थी, जिल्लाका अन्य स्थानीय तहका विद्यार्थी ट्युसनको खोजीमा जिल्ला सदरमुकाम मान्म, सुर्खेतलगायत ठाउँ जान बाध्य छन् ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रमुख निर्वाचन आयुक्त र महानिरीक्षकबीच भेट : निर्वाचन सुरक्षाबारे छलफल
    शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्‍याइने
    मन्त्री बादी र राजदूत अन्स्र्टबीच शिष्टाचार भेट
    • गड्यौला मल बेचेर लाखौँ आम्दानी गर्दै
    • माग बढेसँगै अण्डाको समर्थन मूल्य बढ्यो
    • अनावश्यक ग्यासको सिलिण्डर भण्डारण नगर्न आग्रह , स्थानीय प्रशासनद्वारा वितरणमा सहजीकरण
    • हात्ती र गोही प्रजनन् केन्द्रमा निःशुल्क प्रवेश

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.