सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

हिमाल हेर्न बेलढुङ्गामा पर्यटक


  •    न्युजभित्तो/१८ पुष २०८२, शुक्रबार १३:५९ 
  • गलकोट (बागलुङ), १८ पुस । एक दशकअघि सम्म गुमनाम रहेको बेलढुङ्गा अहिले पर्यटकीय गन्तव्यका रुपमा परिचित भइसकेको छ । प्राकृतिक दृश्यावलोकन स्तम्भका रुपमा चिनिएको बागलुङ र म्याग्दीको सिमानामा रहेको बेलढुङ्गामा पुग्ने पर्यटकको रोजाइ आँखै अघिको हिमाल पर्न जान्छ । 

    पहिचान, प्रचार र प्रवद्र्धनसहित स्थानीय जागरुक बनेर बेलढुङ्गाले चर्चा बटुल्न थालेपछि त्यहाँ पुग्ने आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ ।  बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखले र म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली सिमानामा अवस्थित बेलढुङ्गामा पुग्ने पर्यटकको रोजाइमा हिमाल पर्ने गरेको छ । 

    बेलढुङ्गाबाट सम्मुखमै दर्जनाँै हिमालको सुन्दर दृश्यले त्यहाँ पुग्ने पर्यटकलाई मोहित बनाउने गरेको छ । बेलको जस्तै आकृतिमा रहेको अग्लो ढुङ्गालाई परम्पराकालदेखि बेलढुङ्गा भनिँदै आएको थियो । उक्त स्थानमा अहिले रेलिङ सहितको फराकिलो पूर्वाधार निर्माण भएको थियो । 

    नाम सुन्दै आएको मैले आँखैअघि बेलढुङ्गाबाट हिमाल हेर्न पाउँदा मोहित भएको बागलुङ–९ तित्याङका लालबहादुर थापाले जानकारी दिनुभयो । बेलढुङ्गाबाट आँखै अगाडि देखिने दर्जन बढी हिमशृङ्खला, हराभरा वनजङ्गलको मनोरम दृश्य यसको प्रमुख आकर्षणको केन्द्र रहेको थापाको भनाइ छ । 

    समुद्री सतहदेखि दुई हजार ६१४ मिटरको उचाइमा रहेको बेलढुङ्गा आफैँमा मनोरम प्राकृतिक सुन्दरताले भरिपूर्ण ठाउँ रहेको उहाँको भनाइ रहेको छ ।  यहाँबाट नेपालमै एकै पटक धेरै हिमाल देखिने मध्यको ठाउँमा पर्ने स्थानीय गोपाल श्रीसको भनाइ छ । श्रीसका अनुसार रुकुमको पुथा हिमालदेखि धौलागिरि, अन्नपूर्ण, माछापुच्छ«े, मनास्लुदेखि रसुवाको लाङटाङसम्मको हिमाल देख्न सकिने श्रीसको भनाइ छ  । 

    बेलढुङ्गाको केही तल देउरालीसम्म मोटरबाटोको पहुँच पुगेको छ । देउराली धुरीबाटबाट झन्डै एक किलोमिटर पदमार्गमार्फत करिब १० मिनेटको यात्रामा बेलढुङ्गा पुगिन्छ । “एकै पटकमा दर्जन हिमाल आँखैअघि देख्ने नेपालका कम स्थानमध्ये बेलढुङ्गा हो, अहिले यहाँ पूर्वाधारले गति लिएको छ, देउरालीमा सडक पुगेको छभने खानेपानी ल्याउने प्रयास थालिएको छ”, श्रीसले भन्नुभयो, “बेलढुङ्गा घरबासमा बसेका पर्यटक बिहान हिमाल हेर्न बेलढुङ्गा पुग्ने गर्दछन्, चैत वैशाखमा त लागीगुराँसले ढकमक्क हुन्छ बेलढुङ्गा गाउँ ।”

    बेलढुङ्गाभन्दा केही तल म्याग्दीको धार्मिक पर्यटकीय स्थल स्वर्गाश्रमसमेत रहेको छ । धार्मिक आस्थाका कारण स्वर्गाश्रम पुग्ने सङ्ख्या पनि अधिक छ । गण्डकी प्रदेश सरकारले बेलढुङ्गा हुँदै पञ्चकोट जोड्ने पदमार्ग निर्माणका लागिसमेत लगानी गरिरहेको छ । काठेखोला गाउँपालिका र गण्डकी प्रदेश सरकारले बेलढुङ्गा पुग्ने पदमार्ग सहितका अन्य पूर्वाधार निर्माणमा रु ४० लाख लगानी भइसकेको छ भने चालु आर्थिक वर्षमा रु १० लाख बजेट साइकलल्यान्ड बनाउन र कान्छो धौलागिरिको प्रचार गर्न विनियोजन गरिएको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    २८ वर्षमा मनकामना केबलकारः २ करोड १२ लाखभन्दा बढी यात्रुलाई सेवा
    मनकामना हिलक्रेस्ट रिसोर्ट सञ्चालनको दोस्रो वर्षमा प्रवेश, पहिलो वर्ष उत्साहजनक
    गरिमा विकास बैंकको रक्तदान कार्यक्रममा ८३ जनाले गरे रक्तदान
    • अपी हिमालः जहाँ प्रकृति बोल्छ
    • यही मङ्सिर २५ देखि २७ सम्म भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो–२०२६’
    • खलामा धान भर्दै स्थानीय सरकार
    • भरतपुरमा छ स्थानमा खानेपानीका ‘ओभरहेड ट्याङ्की’ निर्माण गरिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.