सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राप्तीमा ‘करारखेती’ कार्यक्रम प्रभावकारी बन्दै


  •    न्युजभित्तो/१८ पुष २०८२, शुक्रबार १३:५८ 
  • दाङ, १८ पुस । दाङको राप्ती गाउँपालिकाले सञ्चालन गरेको करारखेती कार्यक्रम प्रभावकारी बन्दै गएको छ । जग्गा भाँडामा लिएर खेती गर्ने कृषकलाई लक्षित गरी लागू गरिएको यस कार्यक्रममा उत्साहका साथ कृषक सहभागी भएका छन् । 

    गाउँपालिकाले लागू गरेको ‘स्वरोजगारका लागि युवा लक्षित करारखेती’ कार्यक्रममार्फत ३२ जना कृषकले करिब २८ बिघा क्षेत्रफल जमिन भाडामा लिइ अहिले विभिन्न खेती गरिरहेका छन् । 

    आफ्नै जग्गा नभएका तर कृषि पेसामा संलग्न हुन चाहने युवालाई कार्यक्रममा प्राथमिकताका साथ समावेश गरिएको गाउँपालिका अध्यक्ष प्रकाश विष्टले जानकारी दिनुभयो । यसका लागि कृषकले न्यूनतम पाँच कठ्ठादेखि अधिकतम एक बिघासम्म जग्गा भाँडामा लिएर खेती गर्नुपर्ने व्यवस्था गरिएको उहाँले बताउनुभयो । 

    एक वर्षको बालीका लागि कम्तीमा तीन वर्ष र बहुवर्षीय बालीका लागि १५ वर्षको करार सम्झौता अनिवार्य गरिएको अध्यक्ष विष्टले जानकारी दिनुभयो । यो कार्यक्रमले दीर्घकालीन कृषि लगानीलाई प्रोत्साहन गरेको छ । बेरोजगार युवालाई स्वदेशमा कृषिमार्फत रोजगारी सिर्जना गर्दै पालिकालाई कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो”, उहाँले भन्नुभयो । 

    अध्यक्ष विष्टका अनुसार यो कार्यक्रम आर्थिक वर्ष २०७९÷८० देखि लागू गरिएको हो । कार्यक्रमअन्तर्गत एक वर्षमा कम्तीमा दुई नगदेबाली खेती गरेको हुनुपर्ने शाखा प्रमुख बरसाती गडरियाले जानकारी दिनुभयो । उहाँका अनुसार छनोट भएका कृषकले पहिलो वर्ष जग्गा भाडाको शतप्रतिशत, दोस्रो वर्ष ५० प्रतिशत र तेस्रो वर्ष २५ प्रतिशतसम्म अनुदान प्राप्त गर्ने व्यवस्था गरिएको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रमुख निर्वाचन आयुक्त र महानिरीक्षकबीच भेट : निर्वाचन सुरक्षाबारे छलफल
    शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्‍याइने
    मन्त्री बादी र राजदूत अन्स्र्टबीच शिष्टाचार भेट
    • गड्यौला मल बेचेर लाखौँ आम्दानी गर्दै
    • माग बढेसँगै अण्डाको समर्थन मूल्य बढ्यो
    • अनावश्यक ग्यासको सिलिण्डर भण्डारण नगर्न आग्रह , स्थानीय प्रशासनद्वारा वितरणमा सहजीकरण
    • हात्ती र गोही प्रजनन् केन्द्रमा निःशुल्क प्रवेश

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.