सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बाँकेमा पाँच लाख बिरुवा वितरण


  •    न्युजभित्तो/१८ पुष २०८२, शुक्रबार १३:४८ 
  • जानकी(बाँके), १८ पुस । डिभिजन वन कार्यालय बाँकेले गत आर्थिक वर्ष २०८१÷८२ मा जिल्लाभर ३० प्रजातिका पाँच लाख १३ हजार बिरुवा वितरण गरेको छ । सो अवधिमा कार्यालयले पाँच लाख ६१ हजार बिरुवा उत्पादन गरेको थियो । 

    वितरण गरिएका बिरुवामध्ये चार लाखभन्दा बढी एकवर्षीय र एक लाख ३४ हजार बहुवर्षीय प्रजातिका रहेका डिभिजन वन कार्यालयका योजना शाखाका वरिष्ठ वन अधिकृत सुशील सुवेदीले जानकारी दिनुभयो । ती बिरुवा कृषकका निजी जग्गा, सामुदायिक वन, सडक किनार, धार्मिक स्थल तथा सार्वजनिक क्षेत्रमा हरियाली विस्तार, वातावरणीय सुधार र आयआर्जन प्रवद्र्धनका उद्देश्यले वितरण गरिएको उहाँले बताउनुभयो । पछिल्ला वर्षमा बाँकेमा निजी जग्गामा बिरुवा रोप्ने क्रम बढ्दै गएको छ ।

    “जानकी गाउँपालिकामा वनक्षेत्र छैन, खजुरा र बैजनाथमा पनि वनक्षेत्र न्यून रहेको छ । यस्तो अवस्थामा दाउरा, काठ र हरियालीको आवश्यकता निजी तथा सार्वजनिक जग्गाबाटै पूर्ति गर्नुपर्ने अवस्था सिर्जना भएको छ,” वरिष्ठ वन अधिकृत सुवेदीले बताउनुभयो । कृषकले निजी खेतबारीमा रुख रोप्नुको मुख्य कारण छिटो प्रतिफल प्राप्त हुनु, घरेलु आवश्यकताको पूर्ति हुनु र बिक्रीबाट आम्दानीको अवसर हुनु रहेको उहाँको भनाइ छ । 

    “कृषक छिटो आम्दानी दिने प्रजातितर्फ आकर्षित देखिएका छन्, यसबाट ग्रामीण अर्थतन्त्र सुदृढ बनाउन मद्दत पुगेको छ”, वरिष्ठ वन अधिकृत सुवेदीले भन्नुभयो । उहाँका अनुसार एकवर्षीय बिरुवातर्फ सागवान, युकालिप्टस र खयरको माग बढी छ भने बहुवर्षीय प्रजातितर्फ श्रीखण्ड, कल्कीफुल, ज्याकराण्डा, गुलमोहर, धुपी र जामुनका बिरुवा उत्पादन गरिएका छन् । कृषकले सागवान र युकालिप्टसजस्ता छिटो बढ्ने प्रजातिका बिरुवा रोज्ने गरेका छन् ।  

    नेपालगञ्ज उपमहानगरपालिका, जानकी गाउँपालिका र कोहलपुर नगरपालिका आसपासका क्षेत्रमा भेनियर उद्योग, प्लाइउड उद्योग, इट्टा उद्योग तथा जडिबुटी प्रशोधन उद्योगमा काठ र दाउराको खपत बढी रहेकाले निजी खेतमा लगाइएका रुखको माग बढ्दै गएको छ । “यस्ता बिरुवाबाट उत्पादन भएको काठ उद्योगमा कच्चा पदार्थका रूपमा प्रयोग हुँदा कृषकको आम्दानी बढ्नुका साथै वनक्षेत्रमा पर्ने मानवीय चाप घटाउन सहयोग पुगेको छ”, उहाँले भन्नुभयो । 

    साथै प्राकृतिक वन पुनस्र्थापना र जैविक विविधता संरक्षणका लागि साल, महुवा, खयर र सिसौजस्ता स्थानीय प्रजातिको उत्पादन तथा रोपणमा प्राथमिकता दिइँदै आएको छ । “बजारको माग र वातावरणीय सन्तुलन दुवैलाई ध्यानमा राखेर प्रजाति छनोट गरिएको छ”, वरिष्ठ वन अधिकृत सुवेदीले भन्नुभयो । 

    कार्यालयका अनुसार कोहलपुर, मेहनमानपुर, अगैया, शम्शेरगञ्ज, नरैनापुर तथा केन्द्रीय नर्सरीमार्फत जिल्लाका विभिन्न पालिकामा बिरुवा वितरण हुँदै आएको छ । यस वर्ष ६ लाखभन्दा बढी बिरुवा उत्पादन गर्ने लक्ष्यका साथ जिल्लाका आठ नर्सरीमा पोलिब्यागमा माटो भर्ने, ब्याड व्यवस्थापन, नर्सरी मर्मत तथा बिरुवाको गुणस्तर सुधारका कार्य तीव्र रूपमा अघि बढाइएको कार्यालयले जनाएको छ । यसबाट बिरुवा उत्पादन र नर्सरी व्यवस्थापनमा स्थानीय महिलाको उल्लेखनीय सहभागिताले रोजगारी सिर्जना, सीप विकास र आत्मनिर्भरता प्रवद्र्धनमा समेत योगदान पुगेको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रमुख निर्वाचन आयुक्त र महानिरीक्षकबीच भेट : निर्वाचन सुरक्षाबारे छलफल
    शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्‍याइने
    मन्त्री बादी र राजदूत अन्स्र्टबीच शिष्टाचार भेट
    • गड्यौला मल बेचेर लाखौँ आम्दानी गर्दै
    • माग बढेसँगै अण्डाको समर्थन मूल्य बढ्यो
    • अनावश्यक ग्यासको सिलिण्डर भण्डारण नगर्न आग्रह , स्थानीय प्रशासनद्वारा वितरणमा सहजीकरण
    • हात्ती र गोही प्रजनन् केन्द्रमा निःशुल्क प्रवेश

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.