सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चिसोमा चटाइ र घूरको भर


  •    न्युजभित्तो/१६ पुष २०८२, बुधबार ११:५१ 
  • महोत्तरी, १६ पुस। बाक्लो हुस्सुले डम्म ढाकेर निरन्तर पश्चिमी सिरेटो बहँदा बढेको जाडोले अहिले महोत्तरीसहित मधेसको जनजीवन कष्टकर भएको छ । गरिब बस्तीमा घूर तापेर चिसो धपाउने प्रयास जारी छ ।

    पुस ३ गतेदेखि शीतलहर सुरु भएको महोत्तरीलगायत मधेसका अधिकांश ठाउँमा बढेको शीतलहरले जाडो बढ्दै गएपछि बस्तीमा जताततै ‘घूर’मा चारैतिर बसेर तातिएको महसुस लिनु गरिबहरूको नियति नै बनेको छ । “के गरौँ हजुर, अहिलेसम्म कसैले के खायौ रु के लायौ रु सोध्न आएनन्, कमसेकम दाउरासम्म पाए पनि रापिलो आगो त ताप्न पाइन्थ्यो”, लोहारपट्टी–४ लेउरीटोल मुसहरी बस्तीकी ५० वर्षीया श्रीवती सदा भन्नुहुन्छ, “यही घूर तापेर जाडो काट्नु छ ।”

    जिल्लामा खासगरी मुसहर, बाँतर, डोम, मेस्तर, हलखोर, दुसाध र चमारसहितका जाति समुदाय गरिबी, अशिक्षा र कुपोषणको सिकार बनेका छन् । प्रत्येक वर्ष जाडो लागेपछि यी बस्तीको बिचल्ली सुरु हुन्छ । न अन्न राख्ने कोठी न ओढ्ने, ओछ्याउने र जिउ ढाक्ने न्यानो लुगा । गुजुमुज्ज पराले छानाका यी बस्तीमा जाडो छल्ने यही पचपची धुवाँ निस्कने ‘घूर’ र ओढ्न÷ओछ्याउन चटाइ ९परालको लुइँठो बटारेर बनाइएको मोटो गुन्द्री, स्थानीय भाषामा यसलाई गोनर पनि भनिन्छ० को भर । “भुइँमा पराल ओछ्यायो, माथि चटाइ ओढ्यो”, एकडारा–३ भटौलियाको मुसहर बस्तीका छठु सदा भन्नुहुन्छ, “राति जाडोले निद्रा नलाग्दा फेरि उही ‘घूर’ को सहारा ।”

    रात काटन ‘घूर’ र ‘चटाइ’को सहारा लिएका यी गरिब उज्यालो हुँदा पारिलो घामको आस गर्छन् । तर पछिल्ला करिब दुई सातायता राम्ररी घाम नदेखिँदा गरिब बस्तीको बिजोग झनै बढेको छ ।

    “हजुर, हाम्रो ठण्डी ९चिसो, जाडो० छल्ने यै ९यही० सहारा हो”, लोहारपट्टी–४ खुट्टा उत्तरबारीटोलका मनु सदा भन्नुहुन्छ, “भगवान्को यस्तै खटन छ ।” यो लामो शीतलहरले सुत्न, बस्नमात्र नभएर गरिब बस्तीमा खानपिनको अभाव पनि बढ्दै गएको भङ्गाहा–५ कर्पुरगञ्जको बाँतरटोलका ६० वर्षीय रामजुलुम बाँतर बताउनुहुन्छ । “बनबिुतो गरेर जीवन धान्नु पर्नेलाई यो शीतलहरले काममा निस्कन दिएको छैन, घरमा भएको अन्नपात सकिदै गएपछि अब भोकभोकै पर्ने दिन आउँदैछन्”, उहाँ भन्नुहुन्छ ।

    महोत्तरीका १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ वटै स्थानीय तहमा मुसहर जातिको बसोबास छ । सामाजिक, राजनीतिक, आर्थिक र शैक्षिक सूचाङ्कका दृष्टिले पिछडिएका मुसहरजस्तै बाँतर पनि हुन् । दुवै जातिको रीतिथिति र बसउठ समान नै देखिन्छ । तर जिल्लामा बाँतर भने भङ्गाहा नगरपालिका क्षेत्रमा मात्र छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नरभक्षी बाघ खोरमा
    ‘मिसइन्फर्मेसन’ र ‘डिसइन्फर्मेसन’ले सामाजिक सद्भाव खल्बलिएको महसुस भएको छः प्रहरी महानिरीक्षक कार्की
    ‘थर्मल ड्रोन’को सहायताबाट चितुवालाई नियन्त्रणमा लिइँदै
    • प्रमुख निर्वाचन आयुक्त र महानिरीक्षकबीच भेट : निर्वाचन सुरक्षाबारे छलफल
    • शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्‍याइने
    • मन्त्री बादी र राजदूत अन्स्र्टबीच शिष्टाचार भेट
    • गड्यौला मल बेचेर लाखौँ आम्दानी गर्दै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.