सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रतिनिधिसभा निर्वाचन: भोजपुरमा मतदाता शिक्षा कार्यक्रम सुरु


  •    न्युजभित्तो/१५ पुष २०८२, मंगलवार १२:०१ 
  • भोजपुर, १५ पुस । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै यहाँ विद्यालय केन्द्रित मतदाता शिक्षा कार्यक्रम सुरु गरिएको छ । नयाँ पुस्तालाई निर्वाचन प्रक्रिया, मताधिकारको महत्व र नागरिक कर्तव्यबारे जानकारी गराउने उद्देश्यले जिल्ला निर्वाचन कार्यालयले यो कार्यक्रम सञ्चालन गरेको हो ।

    विद्यार्थीलाई प्रत्यक्ष रूपमा मतदाता शिक्षा प्रदान गरी उनीहरूका माध्यमबाट घरघरमा सचेतना फैलाउने लक्ष्य लिइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । यस अभियानले आगामी निर्वाचनमा मतदाताको सहभागिता बढाउने विश्वास लिइएको छ ।

    भोजपुर नगरपालिका–१२ टक्सारस्थित यशोधरा माध्यमिक विद्यालयमा मतदाता शिक्षासम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख डिकेन्द्र सुवेदीले जानकारी दिनुभयो । कार्यक्रममा विद्यार्थीलाई मतदाता नामावली, मतदान प्रक्रिया, गोप्य मतदानको महत्व तथा लोकतान्त्रिक प्रणालीमा नागरिकको भूमिकाबारे जानकारी दिइएको थियो ।

    प्रमुख सुवेदीका अनुसार विद्यालयस्तर मतदाता शिक्षा कार्यक्रम २०८२ अन्तर्गत जिल्लाका विभिन्न विद्यालयमा यस्ता कार्यक्रम निरन्तर सञ्चालन गरिनेछ । “विद्यार्थीमार्फत अभिभावक र समुदायसम्म मतदाता शिक्षा पुर्याउने हाम्रो लक्ष्य हो”, उहाँले भन्नुभयो ।

    मुख्य रूपमा कक्षा ११ र १२ विद्यार्थीलाई लक्षित गरेर विद्यालयमा मतदाता शिक्षा कार्यक्रम गरिएको विद्यालयका प्रधानाध्यापक ध्रुवराज रेग्मीले बताउनुभयो । विद्यालयलाई लक्षित गरेर निर्वाचन कार्यालयले सञ्चालन गरिरहेको यो कार्यक्रम प्रभावकारी रहेको उहाँको भनाइ छ ।

    जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लामा फागुन २१ गते सम्पन्न हुने निर्वाचनमा एक लाख २५ हजार ७६६ मतदाता सहभागी हुनेछन् । मतदाता शिक्षा कार्यक्रमले निर्वाचनप्रति जनचासो बढाउनुका साथै जिम्मेवार र सचेत मतदाता उत्पादन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रमुख निर्वाचन आयुक्त र महानिरीक्षकबीच भेट : निर्वाचन सुरक्षाबारे छलफल
    शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्‍याइने
    मन्त्री बादी र राजदूत अन्स्र्टबीच शिष्टाचार भेट
    • गड्यौला मल बेचेर लाखौँ आम्दानी गर्दै
    • माग बढेसँगै अण्डाको समर्थन मूल्य बढ्यो
    • अनावश्यक ग्यासको सिलिण्डर भण्डारण नगर्न आग्रह , स्थानीय प्रशासनद्वारा वितरणमा सहजीकरण
    • हात्ती र गोही प्रजनन् केन्द्रमा निःशुल्क प्रवेश

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.