सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘जीवनउपयोगी शिक्षा आवश्यक छ ’


  •    न्युजभित्तो/१५ पुष २०८२, मंगलवार ११:५९ 
  • भक्तपुर, १५ पुस । प्रधानसेनापति अशोकराज सिग्देलले समाज र राष्ट्रप्रति उत्तरदायित्व वहन गर्न सक्ने जनशक्ति विद्यालयबाट उत्पादन हुनुपर्ने बताउनुभएको छ । सैनिक आवासीय महाविद्यालय सल्लाघारी भक्तपुरको सोमबार सम्पन्न ४८औँ वार्षिकोत्सवमा उहाँले महाविद्यालयले हाँसिल गरेको उल्लेखनीय उपलब्धिको संरक्षण गर्दै गुणस्तरीय शिक्षाका लागि निरन्तर लाग्नुपर्ने बताउनुभएको हो ।

    उहाँले भन्नुभयो, “विद्यार्थीले ज्ञानसँगै ग्रहण गरेका मूल्य, मान्यतालाई आत्मासात् गर्दै देशको उज्ज्वल भविष्यको आधार निर्माण गरी समाज र राष्ट्रप्रतिको उत्तरदायित्व, सामाजिक सेवा, जिम्मेवार नागरिक बन्ने दृढसङ्कल्पका साथ महाविद्यालयले आधुनिक, गुणस्तरीय, जीवनउपयोगी शिक्षा प्रदान गर्ने विश्वास लिएका छौँ ।”

    नयाँ पुस्तालाई पनि इमान्दारिता, समाज र राष्ट्रको विकासका लागि जिम्मेवार नागरिक बनाउनुपर्नेमा जोड दिँदै उहाँले सैद्धान्तिक शिक्षामात्र नभई कर्मभूमिप्रति समर्पित नागरिक तयार पार्ने शिक्षा दिनुपर्ने बताउनुभयो । उहाँले उत्कृष्ट विद्यार्थीहरूलाई ज्यास्मिन स्मृति पुरस्कार, गेहेन्द्रशम्सेर थापा स्मृति पुरस्कार प्रदान गर्नुका साथै उत्कृष्ट शिक्षक एवं कर्मचारीलाई सम्मान गरिएको थियो ।

    कार्यक्रममा महाविद्यालयका प्राचार्य दलबहादुर पुनले सैनिक कल्याणकारी कोषबाट सञ्चालित महाविद्यालयको स्थापनाको ४८औँ वार्षिकोत्सवसम्म आइपुग्दा विद्यालय शिक्षामा उत्कृष्ट नतिजा हासिल गर्नुका साथ अतिरिक्त क्रियाकलाप र राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी उत्पादनमा समेत टेवा पुर्याएको बताउनुभयो । उहाँले २१औँ शताब्दीले परिकल्पना गरेअनुसार गुणस्तरीय एवं जीवनोपयोगी शिक्षा प्रदान गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।

    कार्यक्रममा महाविद्यालयका प्रमुख व्यवस्थापक अधिकृत एवं सहसेनानी शिवप्रसाद पौडेलले गुुणस्तरीय शिक्षामा लामो इतिहास यस महाविद्यालयले राष्ट्रका लागि आवश्यक एवं देशले गर्व गर्न लायक जनशक्ति उत्पादन गरिरहेको बताउनुभयो । उहाँले विद्यार्थीले शैक्षिक गुणस्तरसँगै विभिन्न अतिरिक्त क्रियाकलापमा समेत अब्बल रहेको बताउँदै विद्यालयमा अक्षयकोषको निर्माण गरी कार्य गरिरहेको बताउनुभयो ।

    कार्यक्रममा विद्यार्थीले शास्त्रीय चर्या नृत्य, राष्ट्रिय सेवा दलको देशभक्तिपूर्ण नृत्य, तेक्वान्डो खेल प्रदर्शनी, महाविद्यालयको अकेस्ट्रा समूहको प्रस्तुति तथा विभिन्न सांस्कृतिक नृत्य एवं गायनहरू प्रस्तुत गरेका थिए । प्रधानसेनापति सिग्देलले विद्यार्थीको चित्रकला प्रदर्शनी, विज्ञान प्रदर्शनीलगात अवलोकन गर्नुका साथै महाविद्यालयले प्रकाशन गरेको स्मारिक ‘सल्लाघारी’को विमोचन गर्नुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रतिकूल मौसमले प्रभावित बनायो मह उत्पादन
    कालीगण्डकी करिडोर: अलपत्र बनेको कोवाङ–जोमसोम सडकको सम्झौता तोडियो
    निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे
    • वनमन्त्री चौधरीसँग राजदूत पुजोलको भेटवार्ता
    • घरमै दूध बिक्न थालेपछि किसान उत्साहित
    • ‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’
    • बेलायती मन्त्री मल्होत्रा नेपालमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.