सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

निर्धारित समयभित्र काम सम्पन्न गर्ने व्यवसायी सम्मानित


  •    न्युजभित्तो/१५ पुष २०८२, मंगलवार ११:५५ 
  • म्याग्दी, १५ पुस । बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ थप ५० योजनाका लागि रु एक करोड ३९ लाख बजेट विनियोजन गरेको छ ।

    बेनीमा सोमबार भएको १८औँ नगरसभाले गत आवमा खर्च नभएको बजेटलाई ४३ वटा योजनाका लागि रु एक करोड २८ लाख ८५ हजार र सातवटा आन्तरिक रोजगारी प्रवर्द्धन कार्यक्रम ९प्रधानमन्त्री रोजगार०का लागि रु १० लाख ५४ हजार विनियोजन गरेको हो ।

    रु एक करोड ६३ लाख बजेटका ५० वटा योजना संशोधन भएको नगर उपप्रमुख ज्योति लामिछानेले बताउनुभयो । उहाँले प्रस्तुत गर्नुभएको चालु आवको कुल बजेट रु ७१ करोड ८० लाख २७ हजार बाट बढाएर रु ७३ करोड नौ लाख ६२ हजार कायम गर्ने प्रस्ताव सभाले पारित गरेको हो ।

    गत असारको नगरसभाबाट वडास्तरीय तीन सय १० र नगरस्तरीय पाँचवटा योजना छनोट भएकामा हालसम्म वडास्तरीय ९० वटा योजनाको सम्झौता भएकामा छवटा सम्पन्न भइसकेका र दुई सय २० वटा सम्झौताको चरणमा रहेका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताउनुभयो ।

    उहाँका अनुसार नगरस्तरीय पाँचवटा योजनामध्ये तीनवटाको ठेक्का सम्झौता भएको र दुईवटा ठेक्का प्रक्रियामा छन् । सडक, खानेपानी, सिँचाइ, पहिरो तथा नदी नियन्त्रण, भवन, खेलमैदान, पदमार्ग निर्माणसम्बन्धी योजना छनोट भएका छन् ।

    रु पाँच लाखसम्म बजेटका योजना वडा कार्यालयमै सम्झौता गर्ने व्यवस्था मिलाएको नगरप्रमुख सुरत केसीले बताउनुभयो । आर्थिक वर्षको पाँच महिनामा कुल २९।९९ प्रतिशत अथवा चालुतर्फ रु २१ करोड ८७ हजार ५५० र पँुजीगततर्फ रु ५३ लाख ३०१ खर्च भएको सभामा जानकारी गराइएको थियो ।

    कुल रु चार करोड ३३ लाख ५० हजार आन्तरिक आम्दानी गर्ने लक्ष्य राखिएकामा रु एक करोड ८७ लाख ५९ हजार ३०३ राजस्व सङ्कलन भई ४३।२७ प्रतिशत लक्ष्य हासिल भएको छ । नगरसभाले बेनी नगरपालिकाको शिक्षा ऐन, २०७४ लाई संसोधन गरेर नगर शिक्षा समितिको सदस्यमा स्रोत व्यक्ति रहने व्यवस्था हटाएर शिक्षा क्षेत्रमा क्रियाशील शिक्षाप्रेमी, विज्ञ, समाजसेवी, वुद्धिजिवीमध्येबाट एक जना महिला पर्नेगरी समितिले मनोनित गरेको तीन जना सदस्य रहने व्यवस्था गरेको छ ।

    लेखा समितिका संयोजक यामबहादुर बानियाँले प्रस्तुत गर्नुभएको दुई करोड चार लाख १५ हजार २०१ रुपैयाँ ३० पैसा बेरुजु नियमित गर्ने प्रस्ताव सभाले पारित गरेको छ । नगरसभामा उत्कृष्ट कर्मचारी, उपभोत्ता समिति, टोल विकास संस्था, उपभोक्ता समिति र निर्माण व्यवसायीलाई सम्मान गरिएको छ ।

    गत आर्थिक वर्षमा तीनवटा योजनाको ठेक्का लिएर निर्धारित समयमै काम सम्पन्न गरेको एसएस बिल्डर्सका सञ्चालक नवराज बरुवाल, पात्लेखेतको छरटोलदेखि साविले गोरेटो बाटो उपभोक्ता समितिका अध्यक्ष जीवन राम्जाली र सिङ्गा तल्लो तातोपानी टोल विकास संस्थाका उपाध्यक्ष सीता घले बुढा र सबैभन्दा बढी कर तिर्ने वडा नं ८ की मीठुकुमारी श्रेष्ठलाई सम्मान गरिएको थियो ।

    त्यसैगरी, अधिकृतस्तरको कर्मचारीतर्फ जनस्वास्थ्य अधिकृत चन्दन सुवेदी, स्वास्थ्यकर्मीतर्फ रत्नेचौर स्वास्थ्यचौकीका जनस्वास्थ्य निरीक्षक होमनाथ गौतम, वडा कार्यालयमा कार्यरत कर्मचारीतर्फ वडा नं ८ का सचिव रमेश पौडेल, सहायकस्तरको कर्मचारीमा अल्पकालीन सेवा केन्द्रका प्रमुख साधना केसी र कार्यालय सहयोगीमध्येबाट लक्ष्मण क्षेत्रीलाई सम्मान गरिएको हो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रमुख निर्वाचन आयुक्त र महानिरीक्षकबीच भेट : निर्वाचन सुरक्षाबारे छलफल
    शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्‍याइने
    मन्त्री बादी र राजदूत अन्स्र्टबीच शिष्टाचार भेट
    • गड्यौला मल बेचेर लाखौँ आम्दानी गर्दै
    • माग बढेसँगै अण्डाको समर्थन मूल्य बढ्यो
    • अनावश्यक ग्यासको सिलिण्डर भण्डारण नगर्न आग्रह , स्थानीय प्रशासनद्वारा वितरणमा सहजीकरण
    • हात्ती र गोही प्रजनन् केन्द्रमा निःशुल्क प्रवेश

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.