सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कञ्चनपुरमा सवारी दुर्घटना न्यूनीकरणका लागि ‘ब्ल्याक स्पोट’ बोर्ड


  •    न्युजभित्तो/१५ पुष २०८२, मंगलवार ११:५० 
  • कञ्चनपुर, १५ पुस । जिल्ला ट्राफिक प्रहरी कार्यालयले पूर्वपश्चिम राजमार्गका अत्यधिक दुर्घटनाग्रस्त क्षेत्र (ब्ल्याक स्पोट) हरूमा सचेतनामूलक बोर्ड राख्ने कार्यलाई तीव्रता दिएको छ ।

    ट्राफिक प्रहरीले पछिल्ला तीन वर्षको तथ्याङ्कलाई सुक्ष्म विश्लेषण गरी सुडा, दैजी, अर्जुनी, कलुवापुर र वाणी बङ्कजस्ता क्षेत्रलाई ‘ब्ल्याक स्पोट’का रूपमा वर्गीकरण गरेको छ । ती क्षेत्रमा दुर्घटनाग्रस्त क्षेत्र लेखिएका बोर्ड राखिएका छन् । यी स्थानमा राखिएका ‘सावधान दुर्घटनाग्रस्त क्षेत्र’ लेखिएका बोर्डले तीव्रगतिमा रहेका चालकलाई झस्काउने र गति नियन्त्रण गर्न प्रेरित गर्ने हुनाले यसको रणनीतिक महत्व निकै बढी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक बलेन्द्र नाथले बताउनुभयो ।

    “सवारी दुर्घटना प्राविधिक कारणले मात्र नभई चालकको असावधानी र सडकको अवस्थाबारे जानकारी नहुँदा पनि हुने गर्दछ”, जिल्ला ट्राफिक प्रहरी प्रमुख नाथले भन्नुभयो, “भौतिक पूर्वाधारको सुधारसँगै चालक र यात्रुको मनोविज्ञान बदल्नु उत्तिकै जरुरी छ, यी बोर्डले चालकलाई मानसिक रूपमा सचेत गराई सम्भावित मानवीय र भौतिक क्षति न्यूनीकरण गर्न ढालको काम गर्नेछन् ।”

    दुर्घटना न्यूनीकरण केवल प्रहरीको प्रयासले मात्र सम्भव नहुने भएकाले ट्राफिक प्रहरीले यसको दायरा फराकिलो बनाएको उहाँले उल्लेख गर्नुभयो । सार्वजनिक यातायात र स्कुल बसका चालकलाई सडक अनुशासनबारे नियमित प्रशिक्षण, विद्यालयस्तरमै पुगेर विद्यार्थीलाई ट्राफिक नियमबारे जानकारी दिने काम भइरहेको उहाँको भनाइ छ ।

    सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख (डिआइजी) ओम रानाका अनुसार यो अभियान प्रदेशभरि नै एउटा सुरक्षा संस्कृतिका रूपमा विकास गर्न लागिएको हो । उहाँले समुदाय, ट्राफिक प्रहरी र सरोकारवाला निकायबीचको त्रिकोणात्मक समन्वयले मात्र सडकलाई सुरक्षित बनाउन सकिने महत्व दर्शाउनुभयो ।

    सवारीसाधनको बढ्दो चाप र साँघुरो सडकका कारण प्रदेशमा बर्सेनि हुने क्षतिलाई कम गर्न यस्ता सचेतनामूलक बोर्ड र प्रवर्द्धनात्मक कार्यक्रमहरूले दीर्घकालीन प्रभाव पार्ने विश्वास लिइएको उहाँले बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रमुख निर्वाचन आयुक्त र महानिरीक्षकबीच भेट : निर्वाचन सुरक्षाबारे छलफल
    शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्‍याइने
    मन्त्री बादी र राजदूत अन्स्र्टबीच शिष्टाचार भेट
    • गड्यौला मल बेचेर लाखौँ आम्दानी गर्दै
    • माग बढेसँगै अण्डाको समर्थन मूल्य बढ्यो
    • अनावश्यक ग्यासको सिलिण्डर भण्डारण नगर्न आग्रह , स्थानीय प्रशासनद्वारा वितरणमा सहजीकरण
    • हात्ती र गोही प्रजनन् केन्द्रमा निःशुल्क प्रवेश

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.