सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

महारानीथान–छाप–डाडाखेत–ठुलोखोला सडकको टुनीखर्क क्षेत्रमा स्तरोन्नति शुरु


  •    न्युजभित्तो/१४ पुष २०८२, सोमबार १३:१३ 
  • म्याग्दी, १४ पुष । म्याग्दीको सदरमुकाम बेनी बजारबाट पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जोड्ने बेनी–दरवाङ सडकको वैकल्पिक मानिएको महारानीथान–छाप–डाडाखेत–ठूलोखोला सडकको टुनीखर्क खण्डमा स्तरोन्नति थालिएको छ ।

    बेनी नगरपालिकाले १८ वर्षअघि मार्ग खुलेको सडकलाई फराकिलो पार्ने, नाली, पर्खाल निर्माण, ढलान र कालोपत्र गर्न थालेको हो । रु एक करोड ६१ लाख लागत अनुमान गरिएको सडक निर्माणका लागि रु एक करोड १५ लाखमा ठेक्का पाएको शङ्कर निर्माण सेवाले डोजर परिचालन गरेर सडक फराकिलो पार्ने र पर्खाल निर्माण शुरु गरेको छ ।

    आगामी जेठ १५ गतेसम्म ठेक्काको म्याद रहेको छ । योजनामार्फत ३५० मिटर दूरीमा प्रिमिक्स प्रविधिको कालोपत्र र ४०० मिटर ढलान गरिने बेनी नगरपालिकाका सिनियर सबइञ्जिनियर कमल थापाले बताउनुभयो । उहाँका अनुसार ३५० मिटरमा पक्की नाला र ४०० घनमिटर पलम पर्खाल निर्माण हुनेछ ।

    हाल मिटर फराकिलो सडकलाई छ मिटर चौडा पारिनेछ । आर्थिक वर्ष २०६४र६५ मा ‘ट्रयाक’ खोलिएको बेनी नगरपालिकाको ७, ६, ५ र ४ नम्बर जोड्ने यो सडक म्याग्दीको रणनीतिक महत्त्वको बेनी–दरवाङ सडकको बेनी–ठूलोखोला खण्डको वैकल्पिक मार्ग भएको बेनी नगरपालिका–६ का वडा अध्यक्ष कृष्णसिंह बानियाले बताउनुभयो ।

    रणनीतिक महत्त्वको वैकल्पिक सडक भएकाले बेनीको महारानीथानबाट डाडाबारी–छाप, डाडाखेत हुँदै ठूलोखोलाको विभिन्न ठाउँमा पछिल्लो चार वर्षयता स्तरोन्तिको काम हुँदै आएको छ । आर्थिक वर्ष २०८०र८१ म बेनी नगरपालिका–६ को ढलेढुङ्गा–डाँडाबारी खण्डमा कालोपत्र भएको थियो ।

    आर्थिक वर्ष २०८१र०८२ मा छाप क्षेत्रमा कालोपत्र भएको सडक गुणस्तरीय नभएपछि मापदण्ड अनुसारको काम गर्न निर्माण व्यवसायीको धरौटी रोक्का गरिएको वडा अध्यक्ष बानियाले बताउनुभयो । त्यसअघिका वर्षमा ठूलोखोलाबाट डाडाखेत खण्डमा घुम्ती र मोड सुधार तथा ढलान भएको थियो ।

    बेनी नगरपालिकाले गौरवको आयोजनाका रूपमा महारानीथानबाट छाप हुँदै डाँडाखेततर्फ सडक स्तरोन्नति गर्ने योजनालाई निरन्तरता दिएको छ । मार्ग खुलेको १८ वर्षपछि पक्की सडक निर्माण हुन थालेकोमा खुसी लागेको स्थानीयबासी भुवन आचार्यले बताउनुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रमुख निर्वाचन आयुक्त र महानिरीक्षकबीच भेट : निर्वाचन सुरक्षाबारे छलफल
    शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्‍याइने
    मन्त्री बादी र राजदूत अन्स्र्टबीच शिष्टाचार भेट
    • गड्यौला मल बेचेर लाखौँ आम्दानी गर्दै
    • माग बढेसँगै अण्डाको समर्थन मूल्य बढ्यो
    • अनावश्यक ग्यासको सिलिण्डर भण्डारण नगर्न आग्रह , स्थानीय प्रशासनद्वारा वितरणमा सहजीकरण
    • हात्ती र गोही प्रजनन् केन्द्रमा निःशुल्क प्रवेश

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.