सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कृषकलाई प्रोत्साहन गर्न दूधमा रु १० अनुदान


  •    न्युजभित्तो/१४ पुष २०८२, सोमबार १३:१२ 
  • दमौली (तनहुँ), १४ पुस । म्याग्दे गाउँपालिकाले दुग्ध उत्पादनमा संलग्न किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रति लिटर दूधमा रु १० अनुदान उपलब्ध गराउने निर्णय गरेको छ । गाउँपालिकाले दूग्ध व्यवसायलाई व्यवस्थित, व्यावसायिक र दिगो बनाउने लक्ष्यसहित उक्त कार्यक्रम अघि सारेको जनाएको छ ।

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीका अनुसार स्थानीय दुग्ध उत्पादक किसानको उत्पादन लागत बढ्दै गएको र बजार मूल्य अपेक्षाअनुसार नबढेकाले किसान समस्यामा परेको अवस्थालाई मध्यनजर गर्दै अनुदान कार्यक्रम ल्याइएको हो । यस कार्यक्रमले किसानको आम्दानी वृद्धि गर्न, दुग्ध उत्पादनलाई निरन्तरता दिन र स्थानीयस्तरमै रोजगारी सिर्जना गर्न सहयोग पुग्ने अपेक्षा गरिएको अधिकारीले बताउनुभयो ।

    गाउँपालिकाले अनुदान प्राप्त गर्न चाहने दुग्ध उत्पादक समूह वा सहकारीलाई निवेदन दिन आग्रह गरेको छ । अधिकारीका अनुसार निवेदनसँगै गत साउन १ गतेदेखि कात्तिक मसान्तसम्म सङ्कलन र बिक्री भएको दूधको प्रमाणित अभिलेख, सहकारी वा समूह दर्ताको प्रमाणपत्र संलग्न गर्न अनुरोध गरिएको छ ।

    गाउँपालिकाले दुग्ध उत्पादन क्षेत्रलाई प्राथमिकतामा राख्दै यसअघि पशुपालन प्रवर्द्धन, उन्नत जातका गाईभैँसी वितरण, पशु स्वास्थ्य सेवा तथा तालिम कार्यक्रम सञ्चालन गर्दै आएको अधिकारीले बताउनुभयो । अनुदान कार्यक्रमले स्थानीय किसानलाई व्यवसायप्रति थप आकर्षित गर्ने र दुग्ध क्षेत्रमा लगानी बढाउने विश्वास व्यक्त गरिएको छ ।

    स्थानीय दुग्ध उत्पादक किसानले गाउँपालिकाको यो निर्णयलाई सकारात्मक रूपमा लिँदै यसले उत्पादन लागतको केही भार कम गर्ने र व्यवसाय टिकाइराख्न सहयोग पुग्ने भन्दै खुसी भएका छन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रमुख निर्वाचन आयुक्त र महानिरीक्षकबीच भेट : निर्वाचन सुरक्षाबारे छलफल
    शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्‍याइने
    मन्त्री बादी र राजदूत अन्स्र्टबीच शिष्टाचार भेट
    • गड्यौला मल बेचेर लाखौँ आम्दानी गर्दै
    • माग बढेसँगै अण्डाको समर्थन मूल्य बढ्यो
    • अनावश्यक ग्यासको सिलिण्डर भण्डारण नगर्न आग्रह , स्थानीय प्रशासनद्वारा वितरणमा सहजीकरण
    • हात्ती र गोही प्रजनन् केन्द्रमा निःशुल्क प्रवेश

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.