सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गाउँमा विशेषज्ञसहितको स्वास्थ्य शिविर


  •    न्युजभित्तो/१३ पुष २०८२, आईतवार १५:५१ 
  • तम्घास, १३ पुस । धुर्कोट गाउँपालिका–४ जैसीथोकमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट ४०० जना लाभाम्वित भएका छन् । जैसीथोक सामुदायिक सिकाइ केन्द्रको आयोजना, बुटवल अस्पताल प्रालिको सहयोग एवं धुर्कोट गाउँपालिका–४ कार्यालयको समन्वयमा शनिबार बृहत् निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको थियो । 

    शिविरमा सर्जन, हाडजोर्नी, जनरल फिजिसियन, बालरोग, महिला तथा प्रसूतिलगायत रोगको उपचार गरिएको थियो । शिविरबाट गरिब, विपन्न एवं कमजोर आर्थिक अवस्था भएका नागरिक सबैभन्दा बढी लाभाम्वित भएका छन् । 

    त्यसैगरी, गाउँमै विशेषज्ञसहितको सेवा पाउँदा नागरिकलाई समय र पैसाको बचत भएको छ । “सुगर र थाइराइड भएर आएको, औषधि लिएर फर्के”, जैसीथोकका चुरामणि घिमिरेले भन्नुभयो, “बुटवलका चिकित्सक गाउँमै आएर सेवा दिँदा खुसी छौँ ।” उहाँले आफूसहित श्रीमतीलाई शिविरमा लगेर उपचार गराएको बताउनुभयो । 

    जैसीथोक सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष राजन पोखरेलले दुर्गम भेगका नागरिकलाई विशेषज्ञ सेवा दिने उदेश्यले शिविरको आयोजना गरिएको बताउनुभयो । उहाँले आर्थिक अभावकै कारण रोग लुकाउन बाध्य भएका नागरिकले शिविरबाट फाइदा लिएको बताउनुभयो । शिविरबाट दमको पहिचान भएका एक जनालाई थप उपचारका लागि बुटवल पठाइएको छ ।

    शिविरमा जनरल सर्जन कृष्णप्रसाद खनाल, पेट, छाती तथा मुटुरोग विशेषज्ञ डा सागर पौडेल, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा बिन्दु पोखरेल, हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा उत्सव रेग्मी र बालरोग विशेषज्ञ डा प्रदीप शर्मालगायतको टिमले सेवा दिएको थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाको मतदान सम्पन्न
    दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
    दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात: स्वास्थ्य मन्त्रालय
    • बालबालिका विरुद्धको हिंसा अन्त्य गर्न दक्षिण एसियाली मन्त्रीस्तरीय सम्मेलनको जोड
    • आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी
    • महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ: सञ्चारमन्त्री तिमिल्सिना
    • आलेखः दुर्लभ चरा खोज्दै र चिनाउँदै संरक्षणकर्मी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.