सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘ज्येष्ठ नागरिकको समस्या समाधान गर्न आपसी समन्वय आवश्यक छ’


  •    न्युजभित्तो/११ पुष २०८२, शुक्रबार १४:५६ 
  • काठमाडौँ, ११ पुस । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्वा श्रेष्ठले ज्येष्ठ नागरिकको समस्या समाधान गर्न आपसी समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।

    पाँचौँ राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले ज्येष्ठ नागरिकका समस्या समाधान गर्न तीनै तहका सरकार, नागरिक समाज, परिवारलगायत सरोकार भएका सबैको हातेमालो र सहयोगको आवश्यकता औँल्याउनुभयो । 

    मन्त्री श्रेष्ठले भन्नुभयो, “जीवनको ऊर्जाशील समयमा आफ्नो क्षेत्रमा विज्ञता, सीप, दक्षता र अनुभव हासिल गर्नुभएका ज्येष्ठ नागरिकका विषयमा रहेका समस्या समाधानमा सम्बद्ध सबैको चासो र चिन्ता हुन जरुरी छ । आपसी सहकार्य र समन्वयबाट समस्या समाधान गर्न सकिन्छ ।”

    मन्त्री श्रेष्ठले काठमाडौँको पशुपति क्षेत्रमा सरकारले समाज कल्याण केन्द्रमार्फत आवासीय रूपमा असहाय ज्येष्ठ नागरिकलाई राखी वृद्धाश्रम सञ्चालन गरिरहेको जनाउनुभयो । उहाँले ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवको सम्मान गर्दै अन्तरपुस्ता सीप हस्तान्तरणसम्बन्धी कार्यक्रमहरू पनि सञ्चालन भयरहेका उल्लेख गर्नुभयो ।

    सन्देशमा भनियको छ, “वृद्धावस्था व्यवस्थापनको लागि वृद्धा स्याहारसुसारसम्बन्धी प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको छ । ज्येष्ठ नागरिकका विषयमा समन्वय कायम गर्न निरन्तर अन्तरनिकाय समन्वय गर्ने कार्य भइरहेको छ ।” 

    देशभर सञ्चालन भएका ज्येष्ठ नागरिकसम्बन्धी सेवा केन्द्र, हेरचाह केन्द्र, दिवासेवा केन्द्र÷मिलन केन्द्र, आश्रम÷वृद्धाश्रम तथा ज्येष्ठ नागरिकसम्बन्धी काम गर्ने सङ्घसंस्थाको अनुगमन गरी सुझाव सङ्कलनको काम पनि मन्त्रालयले गरिरहेको उहाँले जानकारी दिनुभयो ।

    ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ को दफा १३ बमोजिम मन्त्रालयका तत्कालीन मन्त्रीको अध्यक्षतामा गठित केन्द्रीय ज्येष्ठ नागरिक कल्याण समितिको विसं २०७८ वैशाख ८ गतेको बैठकले हरेक वर्ष पुस ११ गतेलाई राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रूपमा मनाउने निर्णय गरेको थियो ।

    नेपालमा पहिलोपटक ज्येष्ठ नागरिकलाई वृद्धभत्ता र सामाजिक सुरक्षा भत्ता घोषणा गरेको दिन २०५१ साल पुस ११ गतेलाई आधार मानी सोही दिन राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउन थालिएको हो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रमुख निर्वाचन आयुक्त र महानिरीक्षकबीच भेट : निर्वाचन सुरक्षाबारे छलफल
    शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्‍याइने
    मन्त्री बादी र राजदूत अन्स्र्टबीच शिष्टाचार भेट
    • गड्यौला मल बेचेर लाखौँ आम्दानी गर्दै
    • माग बढेसँगै अण्डाको समर्थन मूल्य बढ्यो
    • अनावश्यक ग्यासको सिलिण्डर भण्डारण नगर्न आग्रह , स्थानीय प्रशासनद्वारा वितरणमा सहजीकरण
    • हात्ती र गोही प्रजनन् केन्द्रमा निःशुल्क प्रवेश

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.