सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

निशुल्क स्वास्थ्य शिविरबाट पाँच सय बढी लाभान्वित


  •    न्युजभित्तो/११ पुष २०८२, शुक्रबार १२:०५ 
  • दमौली (तनहुँ), ११ पुस । शुक्लागण्डकी नगरपालिका–११ राइपुरस्थित ढोरफूलबारी सहिद अस्पतालमा बिहीबार आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट पाँच सय बढी लाभान्वित भएका छन् । वडा नम्बर ११ को कार्यालयको सहकार्य, तनहुँ सेवा हस्पिटल दुलेगौंडा र यूआरएल फाउण्डेशन नेपालको प्राविधिक सहयोगमा शिविर आयोजना गरिएको हो ।

    शिविरमा भिडियो एक्सरे, इसिजी, पिएफटी, ल्याब परीक्षण र निःशुल्क औषधि सेवा उपलब्ध गराइएको थियो । पेट, मुटु, हाडजोर्नी, स्त्री तथा प्रसुती, छाला तथा यौन रोग सम्बन्धि सेवा दिइएको ढोरफूलबारी सहिद अस्पतालका प्रमुख डा. विज्ञान क्षेत्रीले जानकारी दिनुभयो ।

    उहाँका अनुसार शिविरबाट महिला, ज्येष्ठ नागरिक शिविरबाट लाभान्वित भएका छन् । शुक्लागण्डकी नगरपालिका–१०, ११ र १२ का विभिन्न गाउँबाट बिरामी स्वास्थ्य परीक्षणका लागि आएका थिए । यस्तै स्याङ्जाको हरिनास गाउँपालिका र पुतलीबजार नगरपालिकाका गाउँबाट समेत शिविरमा आएर सेवा लिएको उहाँले बताउनुभयो ।

    शिविरमा पेट, मुटु, छाती, सुगर, थाइराइड रोग विशेषज्ञ डा.कृष्णराज अधिकारी, हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा मेघराज लामिछाने, स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा सुनिता सिलवाल, छाला तथा यौन रोग विशेषज्ञ डा. रमेश शर्मा, एमडिजिपी डा रविबहादुर गुरुङ, डा. विज्ञान क्षेत्री र रेडियोलोजिष्ट डा सन्तोष बरालले बिरामीको स्वास्थ्य परीक्षण गर्नुभएको थियो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नरभक्षी बाघ खोरमा
    ‘मिसइन्फर्मेसन’ र ‘डिसइन्फर्मेसन’ले सामाजिक सद्भाव खल्बलिएको महसुस भएको छः प्रहरी महानिरीक्षक कार्की
    ‘थर्मल ड्रोन’को सहायताबाट चितुवालाई नियन्त्रणमा लिइँदै
    • प्रमुख निर्वाचन आयुक्त र महानिरीक्षकबीच भेट : निर्वाचन सुरक्षाबारे छलफल
    • शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्‍याइने
    • मन्त्री बादी र राजदूत अन्स्र्टबीच शिष्टाचार भेट
    • गड्यौला मल बेचेर लाखौँ आम्दानी गर्दै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.