सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अपाङ्गतामैत्री संरचनाले अपाङ्गता भएका विद्यार्थीलाई पठनपाठनमा सहज


  •    न्युजभित्तो/११ पुष २०८२, शुक्रबार ११:२६ 
  • भेरीगङ्गा (सुर्खेत), ११ पुस । सुर्खेतको गुर्भाकोट नगरपालिका–१३ का हेमराज परियार शारीरिक रुपमा अपाङ्गता भएका व्यक्ति हुनुहुन्छ । उहाँलाई ह्विलचियरमा हिँडडुल गराउनुपर्छ । बाह्र वर्षीय परियार सानैदेखि पढाइमा रुचि राख्नुहुन्थ्यो । हेमराजकी आमाले उहाँलाई विद्यालयसम्म छोड्नुहुन्छ । तर विद्यालयमा विगतमा अपाङ्गतामैत्री शौचालय नहुँदा हेमराजलाई समस्या हुने गरेको थियो ।

    “विद्यालयमा शौचालय धेरै टाढा थियो, ह्विलचियर लिन मिल्ने पनि थिएन”, हेमराजकी आमा कौशिलाले भन्नुभयो”, “छोरो स्कुल गएर पढ्न रहर गर्ने, उसलाई ह्विलचियरमै हिँडडुल गराउनुपर्ने हुन्छ, तर विद्यालयमा अपाङ्गतामैत्री शौचालय नहुँदा समस्या भयो । अनि हामीले विद्यालय पठाउन छाड्यौँ । केही समयपछि विद्यालयमा अपाङ्गतामैत्री शौचालय बनेपछि अहिले सहज भएको छ, फेरि विद्यालय पढ्न पठाउँछौँ ।”

    हेमराज अहिले कक्षा ४ मा अध्ययनरत हुनुहुन्छ । परिलक्षित संस्थाले रु सात लाखको लागतमा अपाङ्गतामैत्री शौचालय बनाइदिएपछि हेमराजजस्तै शारीरिक अपाङ्गता भएका विद्यार्थीका लागि शौचालय जान सहज भएको छ ।

    अहिले उक्त विद्यालयमा २४३ विद्यार्थी अध्ययनरत् छन् भने १६ अपाङ्गता भएका बालबालिका रहेको प्रधानाध्यापक हर्कबहादुर बुढा बताउनुहुन्छ ।

    “हाम्रो विद्यालय २०५३ सालमा स्थापना भएको हो । हामीले अपाङ्गता भएका बालबालिकाका लागि छुट्टै कक्षा पनि सञ्चालनमा ल्यायौँ । आवासीय रुपमा श्रवण शक्ति नभएका बालबालिकालाई पनि पढाइरहेका छौँ, तर विद्यालयमा अपाङ्गतामैत्री शौचालय र शुद्ध खानेपानीको समस्या थियो, धेरै ठाउँमा पहल गरेपनि सुनुवाइ भएको थिएन । परिलक्षित संस्थाले अहिले अपाङ्गतामैत्री शौचालय निर्माण र शुद्ध खानेपानी व्यवस्था गरिदिएपछि सहज भएको छ,” उहाले भन्नुभयो ।

    संस्थाले अपाङ्गता भएका बालबालिकाका लागि पोषणयुक्त खाना, लत्ताकपडाका लागि पनि सहयोग गरेको प्रधानाध्यापक बुढाले बताउनुभयो । सरकारले उपलब्ध गराउने रकम अपुग भइरहेको अवस्थामा संस्थाले गरेको सहयोगले अहिले सहज भएको उहाँले बताउनुभयो ।

    परिलक्षित संस्थाले सन् २०२२ देखि पोषणयुक्त खाजा एवं विभिन्न शैक्षिक सहयोग दिन थालेपछि स्रोत कक्षा सञ्चालन गरिरहेको छ । ‘फेल्म नेपाल’को सहयोगमा परिलक्षित संस्थाले सञ्चालन गरिरहेको शैक्षिक परियोजना कार्यक्रमअन्तर्गत विभिन्न विद्यालयमा अध्यनरत् अपाङ्गता भएका विद्यार्थीलाई केन्द्रित गरेर शैक्षिक सहयोग गर्ने गरेको छ ।

    शिखर मावि रामघाट सुर्खेत, जनसेवा मावि घुर्सालगायतका विद्यालयमा विद्यालयले प्रस्ताव गरेअनुसार अपाङ्गता भएका विद्यार्थीका लागि विभिन्न शैक्षिक सहयोगदेखि अन्य अपाङ्गतामैत्री भौतिक संरचना निर्माणमा सहयोग गरिरहेको परियोजनाका फिल्ड अधिकृत राजु लामिछानेले जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, “स्थानीय तहहरुसँग मिलेर अपाङ्गताको क्षेत्रमा काम गर्दै आएका छौँ, विशेषगरी अपाङ्गता भएका बालबालिकाको पढाइ नरोकियोस्, भनेर हामीले विभिन्न स्रोत कक्षा सञ्चालन गरिरहेका विद्यालय तथा विपन्न घरपरिवारका अपाङ्गता भएका बालबालिकालाई सहयोग गर्ने गरेका छौँ ।” रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रमुख निर्वाचन आयुक्त र महानिरीक्षकबीच भेट : निर्वाचन सुरक्षाबारे छलफल
    शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्‍याइने
    मन्त्री बादी र राजदूत अन्स्र्टबीच शिष्टाचार भेट
    • गड्यौला मल बेचेर लाखौँ आम्दानी गर्दै
    • माग बढेसँगै अण्डाको समर्थन मूल्य बढ्यो
    • अनावश्यक ग्यासको सिलिण्डर भण्डारण नगर्न आग्रह , स्थानीय प्रशासनद्वारा वितरणमा सहजीकरण
    • हात्ती र गोही प्रजनन् केन्द्रमा निःशुल्क प्रवेश

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.