सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जनकपुरधाममा ई–रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन


  •    न्युजभित्तो/१० पुष २०८२, बिहीबार १७:४३ 
  • जनकपुरधाम, १० पुस । जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापान, सञ्चालन तथा दर्ताको विषयमा भइरहेको समस्या समाधानका लागि पाँच सदस्यीय अध्ययन समिति गठन गरिएको छ ।

    आज जनकपुरधाममा बसेको जिल्लास्थित यातायात व्यवस्था समितिको बैठकले मधेस प्रदेशको सवारी तथा यातायात व्यवस्था ऐनअनुसार १५ दिनभित्र उक्त विषयका सन्दर्भमा अध्ययन गरी सम्बन्धित निकायमा प्रतिवेदन पेस गर्नेगरी अध्ययन समिति गठन गरेको हो । 

    धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलकोको अध्यक्षतामा आज जनकपुरधाममा बसेको बैठकले यातायात कार्यालय धनुषाका प्रमुख धनञ्जयकुमार सिंहको नेतृत्वमा पाँच सदस्यीय अध्ययन समिति गठन गरेको छ । 

    समितिले बागमती प्रदेशको राजधानी हेटौँडा, कोशी प्रदेशको राजधानी विराटनगर तथा मधेस प्रदेशको राजधानी वीरगन्ज नगरक्षेत्रमा सञ्चालित ई–रिक्साको व्यवस्थापन, सञ्चालन रुट, अनुमति तथा दर्ताबा विषयमा विस्तृत अध्ययन गरी समस्या समाधानका लागि आवश्यक सुझावसहित प्रतिवेदन तयार गर्नेछ ।

    सोही अधययन प्रतिवेदनका आधारमा जनकपुरधाममा ई–रिक्साको व्यवस्थापन प्रक्रिया अगाडि बढाइने यातायात कार्यालयका प्रमुख सिंहले जानकारी दिनुभयो । जनकपुरधाम उपमहानगरपालिकाका प्रतिनिधि, जिल्ला ट्राफिक कार्यालयका प्रतिनिधि, ई–रक्सा मजदुर युनियनका प्रतिनिधि र सदस्य सचिवमा यातायात व्यवस्था कार्यालय धनुषाका एक जना अधिकृत रहने गरी पाँच सदस्यीय समिति गठन भएको जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साहले जानकारी दिनुभयो ।

    बैठकमा नगरप्रमुख साहसहित जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख, जिल्ला ट्राफिक कार्यालयका प्रहरी प्रमुख, ई–रिक्सा मञ्जदुर युनियनका प्रतिनिधिलगायत सरोकार भएका निकायका प्रतिनिधिको सहभागिता थियो । 

    अत्यधिक सङ्ख्यामा चल्ने ई–रिक्साका कारण जनकपुर क्षेत्रको यातायात सञ्चालन तथा व्यस्थापनमा समस्या आउने गरेकाले उचित व्यवस्थापनका लागि अध्ययन समिति गठन गरिएको नगरप्रमुख साहले बताउनुभयो । जिल्लामा दश हजारभन्दा बढी ई–रिक्सा दर्ता भई सञ्चालनमा रहेका यातायात कार्यालय जनकपुरले जनाएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नरभक्षी बाघ खोरमा
    ‘मिसइन्फर्मेसन’ र ‘डिसइन्फर्मेसन’ले सामाजिक सद्भाव खल्बलिएको महसुस भएको छः प्रहरी महानिरीक्षक कार्की
    ‘थर्मल ड्रोन’को सहायताबाट चितुवालाई नियन्त्रणमा लिइँदै
    • प्रमुख निर्वाचन आयुक्त र महानिरीक्षकबीच भेट : निर्वाचन सुरक्षाबारे छलफल
    • शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्‍याइने
    • मन्त्री बादी र राजदूत अन्स्र्टबीच शिष्टाचार भेट
    • गड्यौला मल बेचेर लाखौँ आम्दानी गर्दै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.