सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

महावै गाउँपालिका जोड्ने सडक स्तरोन्नति गरिँदै


  •    न्युजभित्तो/१० पुष २०८२, बिहीबार १७:३५ 
  • मान्म (कालीकोट), १० पुस । कालीकोटको महावै गाउँपालिकाको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिने भएको छ । विश्व बैङ्कको सहयोगमा प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम (पिएलआरआइपी) कार्यक्रमअन्तर्गत सो सडक स्तरोन्नति गरिने भएको हो ।

    सो कार्यका लागि कर्णाली प्रदेश सरकार भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, प्रदेश तथा स्थानीय सडक सुधार कार्यक्रम (पिएलआरइपी) अन्तर्गतको प्रदेशीय परियोजना व्यवस्थापन इकाइ (पिपीएमयु) वीरेन्द्रनगर, सुर्खेतले गत सोमबार बोलपत्र आह्वान गरेको छ । 

    कर्णाली राजमार्गअन्र्तगत कालीकोटको खाँडाचक्र नगरपालिका–८ को सेराबाडादेखि महावै गाउँपालिकाको मुकाम पान्तडीसम्मको छ किलोमिटर सडक स्तरोन्नतिको ठेक्का प्रक्रिया अगाडि बढेको गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले जानकारी दिनुभयो । 

    महावै गाउँपालिका राष्ट्रिय सडक सञ्जालमा जोड्नका लागि दैलेखको महावु गाउँपालिकाबाट पनि सडक निर्माण भइरहेको अध्यक्ष सिंहले बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नरभक्षी बाघ खोरमा
    ‘मिसइन्फर्मेसन’ र ‘डिसइन्फर्मेसन’ले सामाजिक सद्भाव खल्बलिएको महसुस भएको छः प्रहरी महानिरीक्षक कार्की
    ‘थर्मल ड्रोन’को सहायताबाट चितुवालाई नियन्त्रणमा लिइँदै
    • प्रमुख निर्वाचन आयुक्त र महानिरीक्षकबीच भेट : निर्वाचन सुरक्षाबारे छलफल
    • शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्‍याइने
    • मन्त्री बादी र राजदूत अन्स्र्टबीच शिष्टाचार भेट
    • गड्यौला मल बेचेर लाखौँ आम्दानी गर्दै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.